•  २७ बैशाख २०८१, बिहीबार
  •  5:52:59 AM

विवरण नबुझाएकाे भन्दै ज्याेती लाइफ इन्स्योरेन्स सहित चर्चित १० बिमा कम्पनी कार्वाहिमा

- असार १०, २०७९ मा प्रकाशित


इटहरी ।  बिमा समितिले समयमै वित्तीय विवरण नबुझाउने कम्पनीहरुलाई कारवाही गरेको छ । समितिले व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै १० वटा कम्पनीहरुलाई कारवाही गरेको हो ।

बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ वमोजिम वीमा कम्पनीहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र आफूले गरेको वीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन बीमा समितिमा बुझाउनुपर्ने हुन्छ ।

तर कानूनी व्यवस्था बमोजिम गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरूलाई १०÷१० हजारका दरले कारवाही गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पोखरेलले जानकारी दिए ।

नेपाल पुनर्बिमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन, एसियन लाइफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी कारवाहीमा परेका छन् ।  

यस्तै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीलाई कारवाही गरिएको छ । 

यस्तै सोही वर्षको लेखापरीक्षण प्रतिवेदन नबुझाई दोस्रो पटक कानूनी व्यवस्थाको उल्लङ्घन गर्ने बीमा कम्पनीहरू प्रत्येकलाई थप ५०० रुपैयाँ गरी १० हजार ५०० का दरले जरीवाना गर्ने निर्णय समितिले गरेको छ ।

Comments

सम्बन्धित खवर