•  २० बैशाख २०८१, बिहीबार
  •  9:26:51 PM

सुन्दरहरैंचामा सरूवा राेग अस्पताल : शिलान्यास मात्रै भयो, निर्माण भएन : जनताकाे स्वास्थ्यमा नेताकाे राजनीति

- जेष्ठ १७, २०७९ मा प्रकाशित


इटहरी । केपी शर्मा ओली नेतृत्वको सरकारले सातवटै प्रदेशमा प्रदेशस्तरीय सरुवा रोग अस्पताल स्थापना गर्ने घोषणा गरेको थियो ।

२०७७ जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममा प्रयोगशाला परीक्षण सेवा सहित ३ सय शैयाको केन्द्रीय र ५० शैयाको प्रदेश स्तरीय सरुवा रोग अस्पताल स्थापना गर्ने उल्लेख गरिएको थियो ।

सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बन्ने भन्ने सुन्दा स्वाभाविकरूपमा प्रदेश १ का जनतामा पनि खुशियाली छायो । त्यही कार्यक्रम अन्तर्गत २०७७ साल माघ १९ गते मोरङको सुन्दरहरैँचा नगरपालिका– ११ कर्जुनामा अस्पताल भवनको शिलान्यास गरियो ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री समेत रहेका भानुभक्त ढकालले आफ्नै निर्वाचन क्षेत्रमा अस्पताल भवन शिलान्यास गराउन सफल भए । साँझमा लाइट बालेर भएपनि ढकालले भवन शिलान्यास गरेका थिए । शिलान्यास गरेको लामो समय बित्दा पनि त्यहाँ सरकारी निकायका कोही पनि पुगेका छैनन् ।

पहिलो चरणको कोरोना महामारीमा बेला शिल्यान्यास गरिएको अस्पताल बन्ने छाँटकाँट दोस्रो महामारी सकिएदा पनि बन्ने कुनै अत्तोपत्तो छैन । घरआँगनमै अस्पताल आउला र स्वास्थ्य सेवा लिउँला भन्ने जनतामा अब अस्पताल बन्छ भन्ने कुनै आशा बाँकी देखिन्न । तर दलहरूले भाषण भने गरिरहन्छन् भन्ने उनीहरूलाई लागेको छ ।

‘सरुवा रोग अस्पताल आउने चुनावमा चुनावी घोषणा पत्रका लागि थपिने देखियो,’ सञ्चारकर्मी समेत रहेका स्थानीय संचारकर्मी समेत रहेका लीलानाथ गच्छदारले भने । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्वामित्वमा रहेको १४ बिघा जमिनमा सरुवा रोग अस्पताल निर्माण गर्ने गरी शिल्यान्यास गरीएको थियो । अस्पताल शिलान्यासमा मन्त्री ढकाल, राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी, तत्कालीन सामाजिक विकास मन्त्री हिक्मतबहादुर कार्की, सोही क्षेत्रका प्रदेश सांसद राजकुमार ओझा, तत्कालिन मेयर शिवप्रसाद ढकाल लगायतका नेता पुगेका थिए । उनीहरूले तत्काल अस्पताल निर्माण शुरू हुने बताएका थिए ।

अस्पताल बन्ने कुनै छाँटकाँट नदेखेपछि अहिले स्थानीय निराश छन् । जनताको स्वास्थ्यमा पनि नेताले राजनीति गर्दा दुःख लागेको स्थानीय कृष्ण न्यौपाने बताउँछन् । अस्पताल बन्छ भन्नेमा स्थानीय तहका जनप्रतिनिधि समेत ढुक्क छैनन् ।

अस्पताल कसले बनाउने भन्नेमै अन्योलता छाएको छ । प्रदेश सरकार समेत अनयेलमा रहेको छ । आप्mनै प्रदेशभित्रको विकास निर्माणको कामका बिषयमा सरकारलाईनै जानकारी छैन । प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले सरुवा रोगका विषयमा कुनै जानकारी नभएको बताएका छन् । मन्त्रालयका प्रवक्ता डा. शुरेश मेहताले पनि अस्पतालेको विषयमा कुनै जानकारी नभएको बताएका छन् ।

अस्पताल बनाउनका लागि स्वास्थ्य मन्त्रालयले ८ करोड बजेट प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा पठाएको थियो । मन्त्रालय र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीचको लडाईले बजेट फ्रिज भएको थियो । त्यसयता भने संघीय सरकारले बजेटनै पठाएको छैन । शिल्यान्यास गर्ने हतारो हुन्छ उनले भने तर बजेटको ब्यबसथापन हुदैन त्यहि माथि जुगाको लडाई हुन्छ ।

त्यसो त अस्पताल बनाउने भनिएको ठाउँनजिक अर्काे एउटा भवन अलपत्र छ । औषधि उत्पादन गर्ने लक्ष्य राखेर बनाइएको भवन सञ्चालनमा नआउँदा अवैध धन्दा समेत चल्ने गरेको छ । पाँच बिघा क्षेत्रफलमा फैलिएको उक्त भवनको तीनवटा ब्लक दुई दशकअघि बनेका हुन् । २०५५ सालमा डा.शेखर कोइरालाले उक्त भवन शिलान्यास गरेका थिए । भवन शिलान्यास गरेपछि पटक–पटक कांग्रेस सरकारमा सहभागी भएपनि त्यो विषयमा चासो दिएको छैन । शेखर कोइरला पनि शिल्यान्यास पछि त्यस ठाँउमा पुगेका छैनन् ।

Comments

सम्बन्धित खवर