•  १ जेष्ठ २०८१, मंगलवार
  •  9:09:41 PM

लामखुट्टेले टोक्दा लाग्ने रोगको लक्षण देखिए पीसीआर जाँच गर्न मन्त्रालयको अपिल

- बैशाख २८, २०७९ मा प्रकाशित


काठमाडौँः सरकारले जिका, चिकनगुनीया र डेँगु भाइरसको लक्षण देखिएमा पीसीआर परीक्षण गर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले कोभिड–१९ महामारीबाट मात्र नभएर जिका, चिकनगुनीया र डेँगु जस्ता भाइरसको सङ्क्रमणबाट बच्न पनि पीसीआर परीक्षण गर्नुपर्ने जनाएको छ ।

केन्द्रका अनुसार लामखुट्टेको टोकाइबाट यी भाइरस लाग्ने गर्छ । त्यसै कारण एक्कासी ज्वरो आउने, थकान महसुस हुने, अत्याधिक जोर्नी दुख्ने, टाउको, मांसपेशी तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने वा वान्ता हुने भएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा निःशुल्क पीसीआर परीक्षण गर्न केन्द्रले आग्रह गरेको हो ।

केन्द्रका अनुसार जिका, चिकनगुनीया र डेँगु भाइरसको सङ्क्रमणबाट बच्न लामाखुट्टेको टोकाइबाट जोगिनुपर्छ ।

लामखुट्टेको टोकाइबाट जोगिन दिउँसो सुत्दा झुलको प्रयोग गरेर सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नर्छिर्ने जाली हाल्ने, लामो बाहुला भएको लुगा लगाउने, लामखुट्टे भगाउन धूप वा मलमको प्रयोग गर्ने र लामखुट्टे सक्रिय हुने सययमा विशेष गरी बिहान–सांँझपख सावधानी अपनाउन केन्द्रले केन्द्रले आग्रह गरेको छ ।

Comments

सम्बन्धित खवर