एक खेल अघि नै भारतलाई वेस्ट इन्डिजविरूद्वकाे शृंखला
- माघ २७, २०७८ मा प्रकाशित
काठमाडौं: घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय शृंखला एक खेल अघि नै आफ्नो नियन्त्रणमा राखेको छ ।
बुधबार अहमदाबादमा भएको दोस्रो एकदिवसीयमा ४४ रनको जित निकाल्दै भारतले शृंखलामा लगातार दोस्रो जित निकालेको हो ।
पहिलो एकदिवसीयमा भारतले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको थियो । अब अन्तिम खेल शनिबार हुनेछ ।
२३८ रनको विजयी लक्ष्य पछ्याएको भ्रमणकारी टोली वेस्ट इन्डिजले ४६ ओभरमा पूरा विकेट गुमाउदै १९३ रनमा समेटियो ।
वेस्ट इन्डिजका शम्राह ब्रुक्सले सर्वाधिक ४४ रन जोडे । यस्तै अकिल होसेनले ३४, शाइ होपले २७, र ओडिन सिथले २४ रनको योगदान गरे । भारतका प्रसिद्ध कृष्णले सर्बाधिक ४ विकेट लिदा शार्दुल ठाकुरले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ निम्तो पाएको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २३७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो ।
भारतका सूर्यकुमार यादवले सर्बाधिक ६४ रन बनाए । यस्तै केएल राहुलले ४९, दिपक होडाले २९ , वासिङ्गटन सुन्दरले २४ रनको योगदान गरे । वेस्ट इन्डिजका अल्जारी जोसेप र ओडिन स्मिथले समान २ विकेट लिए । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१Ставки в Спорт: Лучшие Коэффициенты На Сегодня, сделать Онлайн Ставк
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
Comments