•  ७ बैशाख २०८१, शुक्रबार
  •  3:42:56 PM

एक खेल अघि नै भारतलाई वेस्ट इन्डिजविरूद्वकाे शृंखला

- माघ २७, २०७८ मा प्रकाशित


काठमाडौं: घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय शृंखला एक खेल अघि नै आफ्नो नियन्त्रणमा राखेको छ ।  

बुधबार अहमदाबादमा भएको दोस्रो एकदिवसीयमा ४४ रनको जित निकाल्दै भारतले शृंखलामा लगातार दोस्रो जित निकालेको हो । 

पहिलो एकदिवसीयमा भारतले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको थियो । अब अन्तिम खेल शनिबार  हुनेछ  । 

२३८ रनको विजयी लक्ष्य पछ्याएको भ्रमणकारी टोली वेस्ट इन्डिजले ४६ ओभरमा पूरा विकेट गुमाउदै १९३ रनमा समेटियो ।

वेस्ट इन्डिजका  शम्राह ब्रुक्सले सर्वाधिक ४४ रन जोडे । यस्तै अकिल होसेनले ३४, शाइ होपले २७,  र ओडिन सिथले २४ रनको योगदान गरे । भारतका प्रसिद्ध कृष्णले सर्बाधिक  ४ विकेट लिदा शार्दुल ठाकुरले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ निम्तो पाएको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै  २३७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो । 

भारतका  सूर्यकुमार यादवले सर्बाधिक ६४ रन बनाए  । यस्तै केएल राहुलले ४९, दिपक होडाले २९ , वासिङ्गटन सुन्दरले २४ रनको योगदान गरे ।  वेस्ट इन्डिजका अल्जारी जोसेप र ओडिन स्मिथले समान २  विकेट लिए । -न्युज कारखाना

Comments

सम्बन्धित खवर