•  १८ बैशाख २०८१, मंगलवार
  •  10:49:23 AM

रोमालाई पराजित गर्दै काेपाकाे सेमिफाइनलमा पुग्याे इन्टर

- माघ २६, २०७८ मा प्रकाशित


काठमाडौं: इन्टर मिलान रोमालाई पराजित गर्दै कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार रातिकाे खेलमा इन्टरले राेमालाई २-०  गाेल अन्तरले पराजित गरेकाे हाे । इन्टरको जितमा इडिन जेको र एलेक्सिस सान्चेजले १-१ गोल गरेका थिए । 

जेकोले खेलको दोस्रो मिनेटमा इभान पेरेसिकको पासमा गोल गरेका थिए  । सान्चेजले ६८औं मिनेट अग्रता दोब्बर बनाए । 

पराजितसँगै जोसे माउरिन्होको रोमा बाहिरिएको छ ।

अब इन्टरले एसि मिलान र लाजियोमध्ये एउटासँग सेमिफाइनलमा भेट गर्नेछ । सिमोन इन्जाघिको इन्टर यस सिजन तीन उपाधि नजिक छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर