मेस्सीले लिगमा दोस्रो गोल गर्दा पीएसजीलाई १३ अंकको अग्रता
- माघ २४, २०७८ मा प्रकाशित
काठमाडौं: अर्जेन्टिनी स्टार लियोनल मेस्सीले लिग वानमा दोस्रो गोल गर्दा पेरिस सेन्ड जर्मेन (पीएसजी) ले १३ अंकको अग्रता बनाएको छ । आइतबार राति लिललाई ५-१ ले पराजित गर्दा मेस्सीले गोल गरेका थिए । पीएसजीको यो सिजनको १७औं जित हो ।
पीएसजीको जितमा डानिलो परेइराले दुई गोल गरे । यस्तै प्रेस्नेल किमपेम्बे, लियोनल मेस्सी र केलियन एम्बाप्पे एक एक गोल गरे ।
यता लिलका लागि बाट्म्यानले गोल गरे । जितपछी पीएसजीले २३ खेलबाट ५६ अंक जोडेको छ । समान खेलबाट लिल ३२ अंक सहित ११औं स्थानमा छन।
यता, दोस्रो स्थानमा मार्सेइली समान खेलबाट ४३ अंक सहित दोस्रो स्थानमा छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments