इलाम–२ को उपनिर्वाचनमा उम्मेद्वार बन्न रास्वपाबाट ६ जनाको दावेदारी
- चैत्र १४, २०८० मा प्रकाशित
इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैशाख १५ मा इलाम –२ मा हुने उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको सूची सार्बजनिक गरेको छ ।
इलाम–२ का लागि रास्वपाको प्रारम्भिक उम्मेदवारमा गोकुल बहादुर राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, मान बहादुर घिमिरे, मिलन लिम्बु र डा. शेष नारायण न्यौपाने रहेका छन् । रास्वपाले प्रारम्भिक उम्मेदवार उपर दाबी विरोध गर्ने विहीबार १ बजेसम्मको समय दिएको छ । उम्मेदवारी दिनेहरुमा एक महिला र ५ पुरुष छन् । पार्टी स्रोतका अनुसार हालै माओवादी त्यागेका मिलन लिम्बूलाई उम्मेदवार बनाउने नेतृत्वको तयारी छ ।
प्राविधिक रुपमा प्राइमरी इलेक्सन भनिए पनि अन्य उम्मेदवारलाई पछि हट्न दबाब दिएर मिलनलाई खडा गर्ने बलियो सम्भावना देखिएको छ । मिलन जनजाति पत्रकार महासंघका महासचिव तथा रास्वपा सभापति रवि लामिछानेका पूर्व सहकर्मी समेत हुन् ।
सम्बन्धित खवर
-
ताजा बैशाख २६, २०८१Melhores Sites Para Arriesgar Em Futebol 202
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
Comments