![](https://suchanaportal.com/wp-content/uploads/2019/05/1140x100.jpg)
इलाम–२ को उपनिर्वाचनमा उम्मेद्वार बन्न रास्वपाबाट ६ जनाको दावेदारी
- चैत्र १४, २०८० मा प्रकाशित
![](https://suchanaportal.com/wp-content/uploads/2024/03/rsp.jpg)
इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैशाख १५ मा इलाम –२ मा हुने उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको सूची सार्बजनिक गरेको छ ।
इलाम–२ का लागि रास्वपाको प्रारम्भिक उम्मेदवारमा गोकुल बहादुर राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, मान बहादुर घिमिरे, मिलन लिम्बु र डा. शेष नारायण न्यौपाने रहेका छन् । रास्वपाले प्रारम्भिक उम्मेदवार उपर दाबी विरोध गर्ने विहीबार १ बजेसम्मको समय दिएको छ । उम्मेदवारी दिनेहरुमा एक महिला र ५ पुरुष छन् । पार्टी स्रोतका अनुसार हालै माओवादी त्यागेका मिलन लिम्बूलाई उम्मेदवार बनाउने नेतृत्वको तयारी छ ।
प्राविधिक रुपमा प्राइमरी इलेक्सन भनिए पनि अन्य उम्मेदवारलाई पछि हट्न दबाब दिएर मिलनलाई खडा गर्ने बलियो सम्भावना देखिएको छ । मिलन जनजाति पत्रकार महासंघका महासचिव तथा रास्वपा सभापति रवि लामिछानेका पूर्व सहकर्मी समेत हुन् ।
![](https://suchanaportal.com/wp-content/uploads/2019/05/1140x100.jpg)
सम्बन्धित खवर
-
ताजा श्रावण १२, २०८१भीषण आगलागीका कारण क्यानडाको ऐतिहासिक सहर ज्यास्पर आधा ध्वस्त
-
ताजा श्रावण १२, २०८१बर्दिबास नगरपालिकाले सर्पदंशका बिरामीको निःशुल्क उपचार गर्ने
-
ताजा श्रावण १२, २०८१पेरिस ओलम्पिक भव्य उद्घाटन
-
ताजा श्रावण १२, २०८१राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस
-
ताजा श्रावण १२, २०८१चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?
Comments