क्रिम्सन एकेडेमीले यसरी मँनायो बाल दिवस
- भाद्र २९, २०८० मा प्रकाशित
इटहरी । बालबालिकामा लगानी,सुनिश्चित भबिस्यको थालनी भन्ने मुल नाराका साथ देशव्यापी रुपमा मनाईएको बाल दिवसको दिन क्रिम्सन एकेडेमी इटहरी २ हवाईचोकले विभिन्न कार्यक्रम सहित बालदिवस मनाएको छ ।
बालबालिकालाई व्यबहारिक ,संस्कार सहितको शिक्षा दिने मुल उद्देश्य सहित स्थापना काल देखिनै फरक तरिकाले शैक्षिक गतिविधि गर्दै आएको यस स्कुलले बाल दिवसको उपलक्ष्यमा जनचेतनामूलक र्याली गरेको छ । समाजमा बालअधिकार बारेमा जानकारी दिने र जनचेतना फैलाउन हातमा प्लेकार्ड र ब्यानर सहित बालबालिकाहरू चोक परिक्रमा गरेका थिए ।उक्त कार्यक्रम पश्चात् चेतनामूलक डकुमेन्ट्री प्रदर्शन तथा लेखन कलाको प्रतिस्पर्धा समेत गरिएको थियोे ।
बालबालिकाहरू लाई कक्षाको चार पर्खालमा राखेर पढाउनु भन्दा समुदायमा अवलोकन गराई सिकाउनु को महत्त्व धेरै रहेको र आगामी दिनहरूमा अझ व्यवहारिक र संस्कार सहितको शिक्षामा जोड दिने प्रमुख उद्देय रहेको कुरा यस स्कुलका संयोजक श्री प्रकाश खतिवडाले बताउनुभयो ।
सम्बन्धित खवर
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
-
ताजा बैशाख ३१, २०८१कलाकार उज्वल केसीको निधन
-
ताजा बैशाख ३१, २०८१कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै : कांग्रेसले गर्याे बहिष्कार : नेकपा एसले मत नदिने
Comments