छात्रवृत्ति विवरण नबुझाउने इटहरीका दुई बिद्यालयकाे अनुमती खारेज
- श्रावण ७, २०८० मा प्रकाशित
इटहरी । इटहरी उपमहानगरले दिएको निर्देशन नमानेको भन्दै दुई निजी विद्यालयको सञ्चालन अनुमति रद्ध गरेको छ । तोकिएको समय अवधि भित्र छात्रवृत्ति विवरण नबुझाउने इटहरीका संस्थागत निजी विद्यालयहरूको कक्षा सञ्चालन अनुमति रद्ध गरेको हो ।
इटहरी उपमहानगर ६ मा सञ्चालित इटहरी चिल्ड्रेन स्कुल र वडा नं १० मा सञ्चालित इटहरी नमुना स्कुलको कक्षा अनुमति रद्ध गरेको हो । छात्रवृत्ति विवरण बुझाउन तिन पटक सम्म म्याद थप गर्दा पनि अटेर गरेपछि शिक्षा नियमावली अनुसार कार्वाहि स्वरूप दुवै विद्यालयको कक्षा सञ्चालन अनुमति रद्ध गरिएको उपमहानगर अन्तरगत शिक्षा शाखाले जनाएको छ ।
छात्रवृत्ति विवरण बुझाउन उपमहानगरले इटहरी क्षेत्रमा सञ्चालित निजी तथा संस्थागत बिद्यालयहरूलाइ तिन पटक सम्म पत्र पटाएको थियो । पत्रको कुनै जवाफ नआएपछि नमुनालाई ५० हजार र इटहरी चिल्ड्रेन होमलाई एक लाख जरिवाना सहित हाजिर हुन अर्को पत्र पटाएको थियो ।
उक्त पत्रको पनि कुनै जवाफ नआएपछि उपमहानगरको शिक्षा समितिको बैठकले यही शैक्षिक सत्र २०८० देखि लागु हुने गरी कक्षागत सञ्चालन अनुमति रद्ध गरिएको जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
-
ताजा बैशाख ३१, २०८१कलाकार उज्वल केसीको निधन
-
ताजा बैशाख ३१, २०८१कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै : कांग्रेसले गर्याे बहिष्कार : नेकपा एसले मत नदिने
Comments