एक सातामा ४५५ जना पुगे सगरमाथको शिखरमा
- जेष्ठ ७, २०८० मा प्रकाशित
सोलुखुम्बु । यो बर्षको वसन्त ऋतुमा साढे चार सय बढीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि अनुमति लिएकामध्ये लगभग ४५५ जनाले सगरमाथाको सफल आरोहण गरिसकेको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले जानकारी गराए ।
यस सिजनमा ४७८ जनाले अनुमति लिएका छन् । तर आरोहीहरुले कम्तीमा एक जना आरोहण सहयोगी लैजाने भएकाले आरोहण गर्न जानेको संख्या अनुमति लिनेको संख्याभन्दा दोब्बरले धेरै हुने पर्यटन विभागले जनाएको छ ।
यस सिजनको आरोहण बैशाख ३० गतेबाट सुरु भएको हो । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले बैशाख ३० गते दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने काम) गरेपछि आरोहणको बाटो खुलेको थियो ।
सामान्यतया सगरमाथा आरोहणका लागि जेठ १५ सम्मको समय अनुकूल रहेको बताइएको छ । यसैबीच यस वर्ष सगरमाथा आरोहणका क्रममा ११ जनाले ज्यान गुमाइसकेका छन् । अहिलेसम्म ११ जनाको शव उद्धार भइसकेको र दुई जना हराइरहेका पर्यटन विभागका निर्देशक एवम् पर्वतारोहण शाखा प्रमुख युवराज खतिवडाले जानकारी दिए ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments