•  २० फाल्गुन २०८०, आईतवार
  •  4:35:11 AM

एक सातामा ४५५ जना पुगे सगरमाथको शिखरमा

- जेष्ठ ७, २०८० मा प्रकाशित


सोलुखुम्बु । यो बर्षको वसन्त ऋतुमा साढे चार सय बढीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि अनुमति लिएकामध्ये लगभग ४५५ जनाले सगरमाथाको सफल आरोहण गरिसकेको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले जानकारी गराए ।

यस सिजनमा ४७८ जनाले अनुमति लिएका छन् । तर आरोहीहरुले कम्तीमा एक जना आरोहण सहयोगी लैजाने भएकाले आरोहण गर्न जानेको संख्या अनुमति लिनेको संख्याभन्दा दोब्बरले धेरै हुने पर्यटन विभागले जनाएको छ ।

यस सिजनको आरोहण बैशाख ३० गतेबाट सुरु भएको हो । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले बैशाख ३० गते दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने काम) गरेपछि आरोहणको बाटो खुलेको थियो ।

सामान्यतया सगरमाथा आरोहणका लागि जेठ १५ सम्मको समय अनुकूल रहेको बताइएको छ । यसैबीच यस वर्ष सगरमाथा आरोहणका क्रममा ११ जनाले ज्यान गुमाइसकेका छन् । अहिलेसम्म ११ जनाको शव उद्धार भइसकेको र दुई जना हराइरहेका पर्यटन विभागका निर्देशक एवम् पर्वतारोहण शाखा प्रमुख युवराज खतिवडाले जानकारी दिए ।

Comments

सम्बन्धित खवर