नाइजेरियामा गोठालाको आक्रमणमा परी ५० जनाको मृत्यु
- चैत्र २५, २०७९ मा प्रकाशित
एजेन्सी । नाइजेरियाको उत्तरी मध्य भागमा रहेको एक ग्रामीण गाउँमा बन्दुकधारी एक समूहले आक्रमण गर्दा दर्जनौं व्यक्तिको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् । बेनुए राज्यको उमोगिडी समुदायमा बुधबार यो आक्रमण भएको बताइएको छ । आक्रमण गर्ने गोठालाहरू रहेको त्यहाँका अधिकारीहरूको दाबी छ ।
उक्त स्थानमा घुमन्ते गोठालाहरू र जमिन र स्रोतहरूको लागि प्रतिस्पर्धा गर्ने स्थायी किसानहरू बीच बदलाका लागि भिडन्तहरू हुने गर्छन् । घटनाबारे पुष्टि गर्दै बेनुए राज्यका प्रशासकका सुरक्षा सल्लाहकार पल हेम्बाले भने, ‘घटनामा ४६ जनाको मृत्यु भएको छ । धेरै मानिस अझै हराइरहेका छन् । त्यसैले मारिनेको संख्या अझै बढी हुन सक्छ ।’
उनले गोठालाहरूले विगत एक महिनादेखि स्थानीय समुदायमाथि आक्रमण गरिरहेको बताए । उनले भने, ‘त्यस क्षेत्रमा सैनिक पठाइएको छ, त्यसैले अहिले स्थिति केही शान्त छ ।’आक्रमणको कारण स्पष्ट नभए पनि बेनुई किसान र गोठालाहरूबीचको झडपबाट सबैभन्दा बढी प्रभावित भएको छ । उनीहरूले आफ्नो गाईवस्तु चराएर खेतीयोग्य जमिन नष्ट गरेको आरोप किसानहरूले लगाएका छन् ।
साम्प्रदायिक हिंसा निर्वाचित राष्ट्रपति बोला तिनुबुले सामना गर्नुपरेको सुरक्षा चुनौतीमध्ये एक हो । सुरक्षा फौजले देशको उत्तरपश्चिममा १४ वर्ष लामो जिहादी द्वन्द्व र दक्षिणपूर्वमा पृथकतावादीहरूको आक्रमणसँग पनि जुधिरहेको छ ।देशको उत्तरपश्चिम र मध्य भागमा अन्तरसाम्प्रदायिक हिंसा व्यापक अपराधमा परिणत भएको छ, जहाँ भारी सशस्त्र डाकु लडाकूहरूले गाउँहरूमा तोडफोड गर्छन् र फिरौतीको लागि सामूहिक अपहरण गर्छन् ।
सम्बन्धित खवर
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
-
ताजा बैशाख १५, २०८१नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
Comments