सम्पर्कमा नआएका पाँच नर्सलाई बिर अस्पतालले सेवाबाटै हटायाे
- फाल्गुन ३०, २०७९ मा प्रकाशित
काठमाडौं । वीर अस्पतालले पाँच जना नर्सलाई सेवाबाट हटाएको छ । लामो समयदेखि अस्पतालको सम्पर्कमा नआएका पाँच जना स्टाफ नर्सलाई सेवाबाट हटाइएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ ।
अस्पतालले आज (मंगलबार) सार्वजनिक सूचना जारी गर्दै २०७६ असोज १ देखि बिदा स्वीकृत नगराई अस्पतालमा अनुपस्थित भएकी सम्झना श्रेष्ठ, २०७६ फागुन ३० देखि अनुपस्थित भएकी स्टाफ नर्स सुशिला ढकाल, २०७४ चैत १ देखि अनुपस्थित भएकी जमुना सिटौला, २०७५ असार २२ देखि अनुपस्थित भएकी शान्ति लम्साल र २०७५ पुस १३ देखि अनुपस्थित भएकी ओमदेवी पुनलाई सेवाबाट हटाएको हो ।
उनीहरुलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नियमावली २०६५ को नियम १३३ बमोजिम सेवाबाट हटाइएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
-
ताजा बैशाख १५, २०८१नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
Comments