इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए
- माघ २०, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीको दुहबी नगरपालिका–३ स्थित कोशी राजमार्गबाट गाँजा सहित पाँच जना पक्राउ परेका छन् । बिहिबार दिउँसो बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र सिआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
इटहरीबाट विराटनगर आउँदै गरेको को.२ ह ३०४४ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा १७ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अटो चालक इटहरी उपमहानगरपालिका–११ का ३७ बर्षीय महमद हजरत अली, अटोमा सवार इटहरी–१३ का १९ बर्षीय आकाश पटेल र २७ बर्षीय आसिस पटेल रहेका छन् ।
यस्तै इटहरी–१२ का २७ बर्षीय अरुण कुमार सरदार र देवानगन्ज गाउँपालिका–५ का २३ बर्षीय मिथिलेस यादबलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका पाँचै जनाविरुद्ध थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१Ставки в Спорт: Лучшие Коэффициенты На Сегодня, сделать Онлайн Ставк
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
Comments