•  ३ बैशाख २०८१, सोमबार
  •  5:58:53 AM

इटहरीका पाँच जना युवा १७ किलो गाँजा सहित दुहबीमा समातीए

- माघ २०, २०७९ मा प्रकाशित


इटहरी । सुनसरीको दुहबी नगरपालिका–३ स्थित कोशी राजमार्गबाट गाँजा सहित पाँच जना पक्राउ परेका छन् । बिहिबार दिउँसो बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र सिआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

इटहरीबाट विराटनगर आउँदै गरेको को.२ ह ३०४४ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा १७ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अटो चालक इटहरी उपमहानगरपालिका–११ का ३७  बर्षीय महमद हजरत अली, अटोमा सवार इटहरी–१३ का १९ बर्षीय आकाश पटेल र २७ बर्षीय आसिस पटेल रहेका छन् ।

यस्तै इटहरी–१२ का २७ बर्षीय अरुण कुमार सरदार र देवानगन्ज गाउँपालिका–५ का २३ बर्षीय मिथिलेस यादबलाई समेत प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ परेका पाँचै जनाविरुद्ध थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

Comments

सम्बन्धित खवर