•  १८ बैशाख २०८१, मंगलवार
  •  11:56:07 AM

इटहरीमा मेयर पाैडेलले ल्याएकाे परिवर्तन :अस्पतालमा काम गर्ने शैली नै फेरीयाे , सेवाग्राहि भन्छन पहिले जस्ताे झण्झट छैन

- पुष २, २०७९ मा प्रकाशित


इटहरी । वितेको पाँच बर्षमा इटहरीमा सबै भन्दा धेरै चर्चा र खोजी भएको विषय हो,सुविधा सम्पन्न अस्पताल । दुई ठुला शहरको वीचमा रहेर विकासको लय पक्रेको इटहरीमा एउटा सुविधा सम्पन्न अस्पताल नहुनु दुर्भाग्य, भन्दै अस्पताल बनाउन सबैको माग थियो ।

यो पाँच बर्षमा अस्पताल निर्माणको लागि धेरै बजार हल्ला भयो । तर काम भएन । अस्पताल बनाउने भन्दै कतै शिलान्यास पनि गरियो, जग्गा खोजी गर्न भन्दै समिती पनि बन्यो । तर न जग्गा भेटियो, न त अस्पताल बन्यो ।बरु तत्कालिन मेयरले अर्काको जग्गामा थाहै नदिई अस्पताल शिलान्यास गरेको भन्दै विवाद भयो ।

राजनितिक दलहरुले आ आफ्नो घोषणा पत्रमा २ सय बेडको अस्पताल बनाउने भनेर घोषणा गरे । तर कसैले काम गरेनन् ।
घोषणा गरेको काम नभए पछि सांसद हराएको सुचना भन्दै व्यङग्य गर्दै सामाजिक सञ्जालमा आलोचना भयो । सांसदहरु निशब्द भए । लाजले मुख लुकाएर भाग्नुपर्ने अवस्था आयो ।

सुविधा सम्पन्न अस्पतालको विषयमा चर्चा धेरै हुने तर जनताले उपचारमा हैरानी भोग्नुपर्ने बाध्यता भएपछि इटहरी उपमहानगरले अहिले काम गर्ने शैलीमा परिवर्तन गरेको छ । ठुला कुरा होईन, सानो सानो कुरामा सुधार गर्दै इटहरी अस्पतालले सेवा दिन थालेका छौ इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन । दिनमा एक पटक अनिवार्य अस्पताल पुग्ने मेयर पौडेल इटहरी अस्पतालमा ब्यापक सुधार भएको बताउँछन ।

इटहरी अस्पतालमै सेवा विस्तार गर्दै जनतालाई सहज रुपमा उपचार दिन थालेको छ । १ बर्ष अघि सम्म अस्पतालमा प्रयाप्त डाक्टर नभएर सेवा लिन आएका जनता त्यसै फर्कनुपर्ने बाध्यता अहिले भने हटेको छ ।

रेफर हैन अब उपचार हुन्छ

326E9820-E74C-4E10-A7B0-4EE6259806F8

एक समय थियो, इटहरीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न आएका विरामीहरु उपचार हैन रेफर लिएर फर्कनु पर्दथ्यो । इटहरी अस्पतालमा डाक्टर नहुँदा विरामीलाई रेफर दिँदै पठाउनु पर्दथ्यो ।

तर अहिले इटहरी अस्पतालमा ५ जना डाक्टरहरुले दैनिक ओ.पि.डिमा विरामीहरुलाई चेकजाँच गर्दै सेवा गरिरहेका छन् । अहिले डा.अशोक चेम्जोङ,डा. नमिता अधिकारी,डा.शिव नारायण शर्मा, डा. सुशान्त चौधरी,एमएस नविना बानियाले दैनिक रुपमा ओ.पि.डिमा विरामी चेकजाच गरिरहेको अस्पतालका स्वास्थ्य निरिक्षक दामोदर गौतमले जानकारी दिए ।

ओ.पी.डीमा विशेषज्ञ डाक्टरले नै विरामी जाँच गर्न थालेपछि उपचारमा आउने विरामीको संख्या पनि अहिले बढेको छ । अहिले दैनिक ४ सय विरामीले उपचार लिईरहेका छन् । ओ.पि.डि दैनिक बिहान ८ बजे देखी नै सञ्चालन गरिरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

नवनिर्वाचित मेयर हेमकर्ण पौडेलले पहिलो निर्णय गर्दै थप उपचारका लागि रेफर लिनुपर्ने विरामीहरुले वडाबाटै रेफर लिन सक्ने घोषणा गरेका थिए । सोही घोषणा अनुसार रेफर लिन अस्पताल धाउने इटहरीबासीले अहिले वडाको स्वास्थ्य केन्द्रबाट नै रेफर लिन थालेका छन् । यसले अस्पतालमा हुने अनावश्यक भिड पनि हटेको छ ।

आधुनिक ल्याब र २४ घण्टा इमरजेन्सी

0AF03624-3058-4948-938A-40E257E186F9

इटहरी अस्पतालले केही समय अघि देखि नै २४ सै घण्टा इमजेन्सी सेवा दिईरहेको छ । १५ बेडबाट इमरजेन्सी सेवा दिईरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

अहिले दैनिक रुपमा इमरजेन्सीका बेडहरु खाली हुन पाउँदैन । बेड खाली नहुँदा आएका विरामीहरुलाई अन्यत्र पठाउनुपर्ने देखिएको अस्पताल प्रशासनले जनाएको छ । अरु बेड थप्नुपर्ने तत्काल आवश्यक रहेको छ ।

नयाँ बन्दै गरेको भवन निर्माण सम्पन्न भएपछि बेड अभावमा विरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता हट्ने इटहरी अस्प्तालका स्वास्थ्य निरिक्षक दामोदर गौतमले बताए ।

विशेषज्ञ डाक्टरले जाँच गर्दै रोग परिक्षणका लागि विभिन्न टेष्ट गर्नलाई ल्याब सेवालाई पनि आधुनिक बनाईएको छ । ल्याबमा नयाँ मेसिन उपकरण थप गर्दै आधुनिक बनाइएको छ ।

अहिले दैनिक रुपमा मुट, मृगौला,कलेजो,डायवेटिज, प्रोष्टेट, डेंगु, भिटामिन,थाईराईड सहित अन्य विभिन्न प्रकारका परिक्षण हुने गरेको छ । अस्पतालमा ँगििथ ब्गतयmबतभम दष्यअजझभकतचथ mबअजष्लभ जडान गरेपछि ल्याब परिक्षणमा सहजता आएको छ ।

अस्पतालमा भिटामिन,क्याल्सियम र थाईराईड जाँच सुरु भएपछि परिक्षण गराउने मानिसहरुको ठुलो भिड नै लाग्ने गरेको छ । पछिल्लो महिनामा ७ सय बढिले इटहरी अस्पतालमा थाईराईडको परिक्षण गरेका छन् ।

भिडियो एक्स रे जडान गरेपछि विरामी जाँच गर्न आएका विरामीलाई बाहिर एक्स रे गर्न जानुपर्ने बाध्यता पनि हटेको छ । अहिले उपचारमा आएका १०० बढि विरामीले एक्स रे गर्ने गरेका छन् । रेडियोलोजिष्ट मार्फत नै एक्स रे हुने गरेको छ भने इ.सि. िजगर्न अहिले छुट्टै कोठा व्यवस्था गरिएको छ । यो भन्दा अघि इ.सि.जीका लागि छुट्टै कोठाको व्यवस्था थिएन ।

रेडियोलोजिष्टद्धारा शनिबार बाहेक प्रत्येक दिन भिडियो एक्स रे सेवा प्रदान गरिरहेको छ ।दैनिक ७० बढि विरामीले भिडियो एक्स रेको सेवा लिईहरेको अस्पताल प्रशासनले जानकारी दिएको छ । योसँगै इ.सि.जीका लागि छुट्टै कोठाको व्यवस्था गरिएको छ ।

डाईलासिस मेसिन र १ करोडको औषधी खरिद

B9B4F1ED-E7F4-484D-A3CD-D2F540AD1ADC

मृगौला पिडित बिरामीहरुले अब इटहरी अस्पतालमै डाईलासिस गर्न पाउने भएका छन् । रोटरी क्लब इटहरीले ६७ लाख रकममा डाईलासिस मेसिन खरिद गरी इटहरी अस्पताललाई प्रदान गरेको छ ।

अहिले मेसिन जडानको काम भईरहेको छ । अस्पतालमा डाईलासिस गर्नका लागि आवश्यक पर्ने कोठामा मेसिन जडानको काम भईरहेको छ । डाईलासिस सञ्चालन गर्नका लागि आवश्यक डाक्टर सहितका दक्ष जनशक्ति व्यवस्थापन गर्न इटहरी उपमहानगरपालिका , रोटरी क्लब र वी.पी स्वास्थ्य विज्ञान प्रतिष्ठान वीच त्रिपक्षीय एम ओ.यु गर्ने तयारी भईरहेको रोटरी क्लबका सचिव चेतन धमलाले जानकारी दिए ।

मेसिन जडानसँगै वी.पी प्रष्ठिानसँग एम. ओ यु भएपछि सञ्चालन हुने सचिव धमलाले जानकारी दिए ।इटहरी अस्पतालको अर्को ठुलो समस्या हो, औषधी अभाव । नेपाल सरकारले ७० प्रकारका आषौधीहरु निःशुल्क उपलब्ध गराउने गरेको छ ।

तर यी औषधीहरु प्रयाप्त नहुँदा इटहरी अस्पतालमा उपचार गर्न आएका विरामीले चेकजाँच गरे पनि औषधी खरिद गर्न बाहिर नीजि औषधी पसलमा जानुपर्ने बाध्यता थियो । औषधीको अभाव हटाउन इटहरी उपमहानगरले अहिले १ करोडको लागतमा औषधी खरिद गर्न टेण्डर प्रकृया सुरु गरेको छ ।

औषधी खरिदका लागि बजेट विनियोजन भई टेण्डर पनि आह्वान भएर स्विकृत भएको भईसकेको छ । अब चाँडै नै इटहरी अस्पतालमा प्रयाप्त औषधीहरु उपलब्ध हुने अस्पतालको विश्वास छ ।

Comments

सम्बन्धित खवर