इटहरीमा अब थारू भाषाकाे बेग्लै पाठ्यपुस्तक : बैशाखदेखि प्रत्येक सामुदायिक बिद्यालयहरूमा पढाइ हुने
- पुष २, २०७९ मा प्रकाशित
इटहरी । इटहरी उपमहानगर क्षेत्रमा रहेका प्रत्येक सामुदायिक बिद्यालयहरूमा आगामी २०८० बैशाख देखि थारू भाषाको बेग्लै पाठ्यक्रम लयाउने भएको छ ।
यसकालागि कार्यदल बनाइ बैठकमा समेत पास भइसकेको उपमहानगरले जनाएको छ । एघारौ नगरसभाबाट थारू समुदायलाइ उपमहानगरकै पहिलो जाति घोषणा गरे संगै सम्मानस्वोरूप सबै सामुदायिक बिद्यालयहरूमा बैशाख देखि थारू भाषामा पठन पाठन हुनेगरी कार्यक्रम अघि बढाइएको उपमहानगर सचिवालयले जनाएको छ ।
शुक्रबार बसेको नगरसभा बैठकले उपमहानगर अन्तरगत शिक्षा समिति संग समन्वय गरी थारू भाषाका पाठ्यक्रमहरू तयार गर्न निर्देशन समेत दिइसकेको छ । इटहरीमा रहेका सबै सामुदायिक बिद्यालयहरूमा आगामी बैशाखदेखि थारू भाषाका पाठ्यक्रमहरू पुग्ने गरी तयारी थालिएको जनाइएको छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments