•  १३ बैशाख २०८१, बिहीबार
  •  10:54:39 AM

इटहरीमा अब थारू भाषाकाे बेग्लै पाठ्यपुस्तक : बैशाखदेखि प्रत्येक सामुदायिक बिद्यालयहरूमा पढाइ हुने

- पुष २, २०७९ मा प्रकाशित


इटहरी । इटहरी उपमहानगर क्षेत्रमा रहेका प्रत्येक सामुदायिक बिद्यालयहरूमा आगामी २०८० बैशाख देखि थारू भाषाको बेग्लै पाठ्यक्रम लयाउने भएको छ ।

यसकालागि कार्यदल बनाइ बैठकमा समेत पास भइसकेको उपमहानगरले जनाएको छ । एघारौ नगरसभाबाट थारू समुदायलाइ उपमहानगरकै पहिलो जाति घोषणा गरे संगै सम्मानस्वोरूप सबै सामुदायिक बिद्यालयहरूमा बैशाख देखि थारू भाषामा पठन पाठन हुनेगरी कार्यक्रम अघि बढाइएको उपमहानगर सचिवालयले जनाएको छ ।

शुक्रबार बसेको नगरसभा बैठकले उपमहानगर अन्तरगत शिक्षा समिति संग समन्वय गरी थारू भाषाका पाठ्यक्रमहरू तयार गर्न निर्देशन समेत दिइसकेको छ ।  इटहरीमा रहेका सबै सामुदायिक बिद्यालयहरूमा आगामी बैशाखदेखि थारू भाषाका पाठ्यक्रमहरू पुग्ने गरी तयारी थालिएको जनाइएको छ ।

Comments

सम्बन्धित खवर