कांग्रेसले हरेक प्रदेशमा छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउने
- आश्विन ९, २०७९ मा प्रकाशित
इटहरी । नेपाली कांग्रेसले सातै प्रदेशका लागि छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउने तयारी गरेको छ ।मूल घोषणापत्रमा सार समेटेर प्रदेशका लागि भिन्नाभिन्नै घोषणापत्र बनाउन लागिएको केन्द्रीय घोषणापत्र तयारी समितिका संयोजक महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । प्रदेश संरचना अन्तर्गत पहिलोपटक निर्वाचन घोषणापत्र बनाउन लागिएको हो ।
सात प्रदेशको घोषणापत्र बनाउनका लागि ६ महामन्त्री र एक केन्द्रीय सदस्यलाई समन्वय गर्न जिम्मेवार तोकिएको छ । केन्द्रीय घोषणापत्र तयारी समितिको बैठकले प्रदेशको समन्वय गर्ने गरि ७ जनालाई जिम्मेवारी दिएको हो ।कांग्रेसले आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणापत्र बनाउन महामन्त्री शर्माको संयोजकत्वमा ४३ सदस्यीय समिति बनाएको छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख २६, २०८१Melhores Sites Para Arriesgar Em Futebol 202
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
Comments