•  १८ बैशाख २०८१, मंगलवार
  •  11:37:54 AM

सन्दीप लामिछाने नेपाल आउँदै, आफू निर्दोष रहेको दाबी

- भाद्र २४, २०७९ मा प्रकाशित


काठमाडाै । नेपाल क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबी गर्दै छिट्टै नेपाल फर्किने बताएका छन् । उनले शुक्रबार बिहान फेसबुकमा एक पोस्ट राख्दै भनेका छन्, ‘म निर्दोष छु र सम्मानित कानूनमा पूर्ण विश्वास राख्छु । मैले सिपिएलबाट बिदा लिएर केही दिनमै नेपाल फर्किने निर्णय गरिसकेँ  ।’

उनी क्यारेबियन प्रिमियर लिग खेल्न केन्यामा छन् । उनलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरिसकेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले पनि उनलाई बिहीबार साँझ निलम्बन गरिसकेको छ । उनीमाथि ५ भदौमा एक १७ वर्षिया किशोरीमाथि बलात्कार गरेको जाहेरी परेको छ ।

जससम्बन्धमा अनुसन्धान गर्न पक्राउको अनुमति दिइएको हो । आफू यी सबै आधारहीन आरोपहरुको सामना गर्न तयार रहेको भन्दै उनले यसमा सम्बद्ध सबैमाथि राम्रोसँग छानबिन गरिनुपर्ने र न्याय हुनुपर्ने बताएका छन्  ।‘आशा गरौँ, कानूनले सबैलाई बराबर दृष्टिले हेर्नेछ,’ उनले लेखेका छन् । 

Comments

सम्बन्धित खवर