राजाको विरोध गर्दा ४५ बर्ष जेल, सामाजिक सञ्जालमा के लेखेकी थिइन् ?
- भाद्र २२, २०७९ मा प्रकाशित
रियाद । साउदीमा एक साताअघि समाजिक सञ्जालमा विवादास्पद सामग्री पोस्ट गरेको भन्दै एक महिलालाई ४५ वर्षको सजाय सुनाइएको थियो । तर, उक्त सजाय पाउने गरी उनले के पोस्ट गरेकी थिइन भनेर खुलाइएको थिएन् ।
मंगलबार भने सरकारले महिलाले पोस्ट गरेको सामग्री र उनीमाथि लगाइएको आरोपबारे खुलासा गरेको छ । महिलालाई राजा सलमान र युवराज मोहम्मद बिन सलमानको धर्म र न्यायलाई चुनौती दिन ट्विटर प्रयोग गरेको अभियोग लगाइएको छ । पाँच सन्तानकी आमा नुराह अल-काहतानीलाई साउदी अधिकारीहरूले दुरासयपूर्ण सामग्री पोस्ट गरेकोमा गत हप्ता जेल सजाय सुनाइएको थियो । उक्त सजायले पश्चिम देशले निन्दा गरेको थियो । अल काहतानीले अधिकारीहरूको अपमान गर्न र सुरक्षा मुद्दामा विचाराधीन बन्दीहरूलाई रिहाइका लागि ट्वीटर प्रयोग गरेको आरोप लागेको छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख २६, २०८१Melhores Sites Para Arriesgar Em Futebol 202
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
Comments