•  १८ बैशाख २०८१, मंगलवार
  •  1:36:44 PM

इटहरीकाे गरिमा हाेटल अब साेल्टीकै जिम्मामा , क्यासिनाे पनि सञ्चालन हुने ,ग्रान्ड ओपनिङको तयारी

- श्रावण ४, २०७९ मा प्रकाशित


इटहरी । स्थापनाकालदेखि नै निकै चर्चामा रहेकाे इटहरीस्थित पाँचतारेकाे उपनाम पाएकाे गरिमा हाेटल अब साेल्टी व्यवस्थापनमा सञ्चालन हुने भएकाे छ । निर्माण सम्पनन भइ सञ्चालनकाे अन्तीम तयारीमा रहेकाे गरिमालाइ पाँचतारे स्तरको सोल्टी वेस्टेण्डकाे नाममा सञ्चालन हुने भएकाे हाे ।

अहिले भित्रकाे वासरूम , वाथरूम लबीलाई आफ्नै शैलीमा परिवर्तन गरिरहेकोले  आउँदो अगस्टमै होटल तयारी पूरा गरि  सेप्टेम्बरबाट औपचारिकरुपमा संचालनमा ल्याउने तयारी रहेको बुझिएकाे छ । हाेटलभित्रै क्यासिनाे समेत सञ्चालन हुनेगरी  यतिखेर विभिन्न कम्पनीसँग छलफल गरिरहेको पनि ब्यवस्थापन पक्षबाट बुझिएकाे छ । हाेटललाइ यहि वर्षकाे दशैं अघिनै सञ्चालनमा ल्याउने तयारी भइरहेकाे पनि बुझिएकाे छ । 

यो होटलमा कुल ९० वटा कोठा छ। होटलमा एउटा प्रेसिडेन्सियल सुइट, आठवटा सुइट रुम, १२ वटा एक्जुक्युटिभ रुम, २२ वटा डिलक्स रुम र ४७ वटा स्ट्यान्डर्ड रुम रहेका छन्। यस्तै, दुईवटा ब्यांक्वेट, तीनवटा सेमिनार हल, स्पा, जिम, रेष्टुरेण्ट, लाउन्ज लगायत विभिन्न सुविधा रहने छ ।

Comments

सम्बन्धित खवर