काेरीया जाने बिद्यार्थीहरूकालागि इटहरीमा ब्रिटिस एजुकेशनकाे सहजीकरण
- असार १९, २०७९ मा प्रकाशित
इटहरी । अध्ययनका लागि दक्षिण कोरिया जान चाहाने विद्यार्थीलाई सहजीकरण गर्ने उद्देश्यले सुनसरीको इटहरीमा सेमीनार आयोजना गरिएको छ । विगत लामो समय देखि आइएलटिएस कक्षा सञ्चालन गर्दै आएको ब्रिटिस एजुकेशन इटहरीले उच्च शिक्षा हासिल गर्न दक्षिण कोरिया जान चाहने विद्यार्थीहरुलाई सहजिकरण गर्न सकिने जानकारी गराएको हो ।
दक्षिण कोरियाको खाङग्सिओ युनिभरसीटि सोलका प्रध्यापक खि चोङ पाकृ सहजकर्ता रहेको सेमिनारमा उच्च शिक्षाको पठनपाठनका विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो । सेमिनारमा ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । बिगत २० वर्षदेखी पुर्वी नेपालमा भाषा शिक्षण तथा विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई ब्रिटिश एजुकेशनले सहजिकरण गर्दै आएको ब्रिटीस एजुकेशन इटहरीका प्रमुख कार्यकारी निर्देशक नरेन्द्र दंगालले जानकारी दिए ।
सेमीनारबाट विद्यार्थीहरुले दक्षिण कोरीया पनि उच्च शिक्षाको राम्रो संभावना रहेको देशका रुपमा जानकारी हासिल गरेको विश्वास गरिएको छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments