•  १३ बैशाख २०८१, बिहीबार
  •  11:09:35 AM

काेरीया जाने बिद्यार्थीहरूकालागि इटहरीमा ब्रिटिस एजुकेशनकाे सहजीकरण

- असार १९, २०७९ मा प्रकाशित


इटहरी । अध्ययनका लागि दक्षिण कोरिया जान चाहाने विद्यार्थीलाई  सहजीकरण गर्ने उद्देश्यले सुनसरीको इटहरीमा सेमीनार आयोजना गरिएको छ । विगत लामो समय देखि आइएलटिएस कक्षा सञ्चालन गर्दै आएको ब्रिटिस एजुकेशन इटहरीले उच्च शिक्षा हासिल गर्न दक्षिण कोरिया जान चाहने विद्यार्थीहरुलाई सहजिकरण गर्न सकिने जानकारी गराएको हो ।

 दक्षिण कोरियाको  खाङग्सिओ युनिभरसीटि सोलका प्रध्यापक खि चोङ पाकृ सहजकर्ता रहेको सेमिनारमा उच्च शिक्षाको पठनपाठनका विषयमा  विद्यार्थीहरुलाई जानकारी गराइएको थियो । सेमिनारमा ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।    बिगत २० वर्षदेखी पुर्वी नेपालमा भाषा शिक्षण तथा विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई  ब्रिटिश एजुकेशनले सहजिकरण गर्दै आएको ब्रिटीस एजुकेशन इटहरीका प्रमुख कार्यकारी निर्देशक नरेन्द्र दंगालले जानकारी दिए ।

 सेमीनारबाट विद्यार्थीहरुले दक्षिण  कोरीया पनि उच्च शिक्षाको राम्रो संभावना रहेको देशका रुपमा जानकारी हासिल गरेको विश्वास गरिएको छ ।

Comments

सम्बन्धित खवर