एसिसी महिला च्याम्पियनसिप : नेपालले आज हङकङको सामना गर्ने
- असार ७, २०७९ मा प्रकाशित
इटहरी । एसिसी महिला टी—२० च्याम्पियनसिपमा नेपालले आज हङकङको सामना गर्दै छ । मलेसियाको किनरारा ओभलमा हुने खेल दिउँसो १२ बजे सुरु हुनेछ । लगातार तीन खेल जितेर ६ अङ्क जोडेको नेपाल सेमिफाइनलमा पुगिसकेको छ ।
समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा छ । हङकङ २ खेलमा ४ अङ्ककासाथ नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । यसअघि नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो । च्याम्पियनसिपमा १० टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘बी’ मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन तथा समूह ‘ए’ मा यूएई, मलेसिया, ओमान, कतार र सिङ्गापुर छन् । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी—ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments