•  १३ बैशाख २०८१, बिहीबार
  •  7:15:16 PM

एसिसी महिला च्याम्पियनसिप : नेपालले आज हङकङको सामना गर्ने

- असार ७, २०७९ मा प्रकाशित


इटहरी । एसिसी महिला टी—२० च्याम्पियनसिपमा नेपालले आज हङकङको सामना गर्दै छ । मलेसियाको किनरारा ओभलमा हुने खेल  दिउँसो १२ बजे सुरु हुनेछ । लगातार तीन खेल जितेर ६ अङ्क जोडेको नेपाल  सेमिफाइनलमा पुगिसकेको छ ।

समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा छ । हङकङ २ खेलमा ४ अङ्ककासाथ नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । यसअघि नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो । च्याम्पियनसिपमा १० टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘बी’ मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन तथा समूह ‘ए’ मा यूएई, मलेसिया, ओमान, कतार र सिङ्गापुर छन् । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।  च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी—ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।

Comments

सम्बन्धित खवर