इटहरी डेस्क । भुटानमा जारी साफ १७ वर्षमुनिको (यू-१७) महिला च्याम्पियनसिप प्रतियोगितामा नेपाल आज (बुधबार) आफ्नो चौथो खेलमा बंगलादेशसँग भिड्दै छ। खेल भुटानको थिम्पुमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ।यसअघि भएको खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले हारेको थियो।
अहिलेसम्म नेपालले ३ खेल खेलेको छ। जसमा २ हार र एक जित गरेको छ। पहिलो खेलमा भारतसँग हारेको नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो।भुटान, भारत र बंगलादेशसहित ४ टोली सहभागी प्रतियोगितामा नेपालले उपाधि जित्ने सम्भावना कमजोर बनेको छ।
नेपाल तीन अंकसहित तेस्रो स्थानमा छ भने समान खेल खेलेको बंगलादेश ६ अंकसहित दोस्रो स्थानमा छ।अनि नौ अंकसहित भारत शीर्ष स्थानमा छ।डबल राउन्ड रोबिन लिगका आधारमा जारी प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।आजको खेलपछि नेपाल शुक्रबार भारतसँग र आइतबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ।




























Discussion about this post