[t4b-ticker]
Monday, March 16, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च

    रविको निर्देशन : दलको नेता छान्नै बाँकी छ, आफूखुसी मन्त्री घोषणा गर्दै नहिँड्नू

    नेप्से २८२५ विन्दुमा, १४ अर्ब नाघ्यो कारोबार रकम

    नेप्से २८२५ विन्दुमा, १४ अर्ब नाघ्यो कारोबार रकम

    अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल नेपालमा

    अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल नेपालमा

    रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च

    रवि लामिछानेमाथिको संगठित अपराध मुद्दा फिर्ताविरुद्धको पेसी सुवेदी र पोखरेलको इजालसमा

    लगानीकर्ता आकर्षित हुँदा सुनको आयात बढ्यो, ७ महिनामा १११४ केजी सुन भित्रीयाे

    सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

    नेपाली कांग्रेसको गगन–विश्व समूहलाई निर्वाचन आयोगको मान्यता , यी हुन मुख्य तीन आधार

    सर्वोच्चमा कांग्रेस विवाद : आधिकारिकता रिटमाथि न्यायाधीश शर्मा पोखरेलको इजलासमा सुनुवाइ हुँदै

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

त्यही पानीले लग्यो सलल…

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
भदौ ३, २०८२ मा प्रकाशित
✅ मधेश
त्यही पानीले लग्यो सलल…
25
SHARES
Share on FacebookShare on Twitter

सिरहा ।
‘माझी दाइले जुनीभरी डुङ्गा तारिरहे,
अरुलाई तार्दातार्दै आफूचाहिँ वारि रहे ।
कतै पारि जाने रहर उनको पनि थियो,
त्यहि पानीले लग्यो सलल…’

गायक उदित नारायण झाको सुमधुर स्वरमा गुञ्जिने यस पुरानो नेपाली गीतले आज पनि कमला नदीमा डुङ्गा चलाउने माझीहरूको जिन्दगीलाई सजीव बनाउँछ ।

क्षेत्रप्रताप अधिकारीको शब्द र आलोक श्रीको सङ्गीतमा सजिएको यो गीत जति कर्णप्रिय छ, उति नै कटु यथार्थ समेटिएको छ माझीहरूको । अरूलाई पार लगाउँदै गर्दा, आफ्नो जिन्दगी नदी किनारामै अड्किने कमलाका माझीहरूको पीडा–जुन सदियौँदेखि बगिरहेकै छ, कमलाको पानीझैं ।

याे पनिपढ्नुहाेस्

धनुषा घट्ना : प्रेमिकाले घरमा बोलाएपछि गएका प्रेमी फर्किएनन् : दाइले आपत्तिजनक अवस्थामा भेटेपछि विभत्स हत्या

गौरको कर्फ्यु हट्यो, सडकमा शान्ति-सद्‍भाव र्‍याली

जब–जब कमला नदीले आकार बढाउँदै जान्छ, नदी किनारका बस्तीमा त्रास थपिँदै जान्छ । वर्षायाममा नदीको रौद्र रूपको आशंकाले मानिसहरू चैनले बस्न सकेका छैनन् । नदीको वारिपारि घरजग्गा हुनेले खेतबारी छाड्न थालेका छन् । ठाउँ सरेका छन्, सुरक्षित स्थान रोजेका छन् । तर, यिनै किनारमा एक जना माझी ‘बा’ अझै पनि आफ्नो डुङ्गासँग बाँधिएर बस्नु भएको छ, ७२ वर्षीय रामसेवक सहनी ।

उमेरले बुढ्यौलीले थिचे पनि बाध्यताले उनलाई अझै बिहान सबेरै डुङ्गा चलाउन नदीमा पु¥याउँछ । जसरी डुङ्गा नदीको धारसँगै बगिरहन्छ, सहनीको जीवन पनि समयको वहाबमा रोकिएर होइन, बगेर बाँचिरहेको छ । कमला नगरपालिका—५ का सहनीको यो पेशा रहरको होइन, बाध्यता बन्न पुगेको छ ।

सहनी जस्तै कमला नदीको किनारमा जीवन बिताइरहेका माझीहरूको दिनचर्या नदीको बगाइसँगै चल्छ । जसको जीवन, समय, आशा र प्रतीक्षा सबै कमलाकै बहावसँग बाँधिएको छ । बिहान झिसमिसे नहुँदै घाटछेउ पुग्ने र घाम डुबेपछि मात्रै घर फर्कने उनीहरूको जीवनचक्र वर्षौँदेखि उस्तै छ, कहिल्यै नथाक्ने नदी जस्तै ।

वर्षा लागेपछि नदीको आकार बढ्छ, जोखिम बढ्छ, यात्रु घट्छन्, तर सहनी ‘बा’ चाहिँ त्यसै जोखिमलाई आफ्नो दैनिकी बनाएर बाँचेका छन्। ‘के गर्नु, वर्षाका दुई÷चार महिना त हो डुङ्गा चलाउन पाउने’, उनको स्वरमा थकाइ छैन, बरु जीवनले सिकाएको सहनशीलता छ ।

केही बेरको मौनतापछि विस्तारै उनी अगाडि थप्छन्, ‘सानैदेखि गर्दै आएको काम हो यो । यही घाटमा डुङ्गा खियाउँदै जिन्दगी बित्यो ।’ हरेक वर्ष, हरेक वर्खा, उनको जिन्दगी नदीसँगै बगिरहेको छ, जहाँ न त पुरानो जीवन बाँकी छ, न नयाँ विकल्प खुलेको छ । बाँकी छ त केबल घाट, डुङ्गा र जीवनको अन्तहीन यात्रा ।

कमलाको अधुरो पक्की पुल कहिले आउला, कसैलाई थाहा छैन । बाटोहरू सुनसान बन्दैछन्, हुलाकी सडक हुँदै हिँड्ने गाडीहरू घट्दै छन्। तर नदी किनारमा खियाउने डुङ्गाहरू चलाउन थाल्ने माझीहरूको संख्या बढ्दै छ । किनकी विकल्प छैन र जस्तो डुङ्गा नदीमा बग्छ, माझीहरूको जीवन पनि त्यसैगरी बगिरहेको छ, अस्थिर, जोखिमपूर्ण, तर अनवरत ।

सिरहा–५ का ५२ वर्षीय छेदी मुखियाकोे दैनिकी पनि बिहानदेखि बेलुकासम्म डुङ्गा चलाउँदै बित्छ । कहिले घाम, कहिले पानी, कहिले नदीको उर्लंदो बहाव सामना गर्नु उनको दैनिकी बनेको छ । आँखाले देखुञ्जेल डुङ्गा खियाउन उनी व्यस्त छन् । बाउबाजेदेखि चल्दै आएको डुङ्गा चलाउने पेसालाई अझै निरन्तरता दिइरहेका छन् । उनी भन्छन्, ‘तीन दशकदेखि यही घाटमा डुङ्गा चलाइरहेको छु । यो त हाम्रो पुर्खाले छोडेको पेसा हो । व्यवसायभन्दा पनि सामाजिक सेवा जस्तो लाग्छ । जुनीभर यही डुङ्गा चलाउँदै बित्यो ।’

वर्षायामका करिब चार महिना डुङ्गा चलाएर प्रतिमहिना १५ देखि २० हजार आम्दानी हुने माझीहरू बताउँछन् । त्यसका लागि उनीहरूले डुङ्गाबाट नदी पार गर्दा यात्रुहरूले मोटरसाइकलको सय र व्यक्तिको ५० शुल्क उठाउँदै आएका छन् । त्यही आम्दानीले घर खर्चको साथै डुङ्गा मर्मत गर्नमा खर्च गर्नुपर्ने माझीहरू बताउछन् । अनुभवी माझी मुखियाका अनुसार पछिल्ला तीन दशकमा उनले पाँच वटा डुङ्गा फेरिसकेका छन् ।

‘एउटा डुङ्गा बनाउन चारदेखि पाँच लाख रुपैयाँसम्म खर्च लाग्छ’, उनी सुनाउँछन्, ‘पाँच वर्ष जति त काम गर्छ, त्यसपछि त काम नलाग्ने थोत्रो हुन्छ ।’ डुङ्गा फेरिने क्रम र जीवन चलाउने संघर्ष सँगसँगै चलिरहेको छ माझीहरूको । आधुनिक प्रविधिको विकाससँगै अन्य पेसा रोज्ने अवसर भए पनि उनीहरू यो परम्परागत पेसाबाट विमुख भएका छैनन् ।

‘नौ–दश वर्षको थिएँ, तबदेखि यही घाटमा छु’, अर्का माझी रामेश्वर सहनी भन्छन्,’बाउबाजेले त महेन्द्र राजमार्ग बन्नुभन्दा पहिले बन्दिपुरतिर डुङ्गा चलाउनुहुन्थ्यो । पुल बनेपछि त्यहाँबाट हटेर हामी यता आएका हौँ ।’ उनको स्वरमा चिन्ता र अनिश्चितता मिसिएको छ । एकातिर पुर्खाबाट चल्दै आएको पेसा छोड्न सकिन्न भन्ने भाव, अर्कोतिर आधुनिकताले विस्तारै धकेलिरहेको वास्तविकता ।

कमला नदीमा अहिले स्थायी पुल छैन। बन्दै गरेको पक्की पुल निर्माण सम्पन्न नहुँदै भासिएको छ । पुल नहुँदा स्थानीयहरूका लागि डुङ्गा नै आवतजावतको मुख्य माध्यम बनेको छ । रामेश्वर भन्छन्, ‘यहाँ पनि कहिलेसम्म चलाउन पाउने हो थाहा छैन । त्यो भासिएको पुल नउठेसम्म त होला !’

कमला नदीको साररश्वरनाथ घाटमा दैनिक चार वटा डुङ्गाले यात्रुहरूलाई वारपार गराउँदै आएका छन् । त्यस्तै, हुलाकी सडकअन्तर्गत भासिएको पुलको नजिक बसबिट्टामा दुई वटा डुङ्गा नियमित रूपमा चल्छन्। वर्षायाममा नदीको वहाब बढ्दा माझीहरूलाई ज्यानको जोखिम मोलेर यात्रु पार गराउनुपर्ने बाध्यता हुन्छ । यही कारण माझी समुदायको भूमिका स्थानीयहरूका लागि अत्यन्तै महत्वपूर्ण छ ।

सेवा भावनाले प्रेरित सहनी र मुखिया जस्ता माझीहरू नाफा भन्दा पनि मानवीय कर्तव्यलाई प्राथमिकता दिँदै वर्षौंदेखि यो पेसामा समर्पित छन् । यात्रुका लागि उनीहरू केबल डुङ्गा चालक मात्र होइनन्, दैनिक जीवनका सहजकर्ता हुन् । स्थानीय सोनु यादव भन्छन्, ‘सरकारले वर्षौ बित्दासमेत पुल सम्पन्न गर्न सकेन । तर उहाँहरू (माझी) ले भने एक दिन पनि सेवा रोक्नु भएन । सरकारभन्दा बढी जिम्मेवारी पूरा गरिरहनुभएको छ उहाँहरूले । हामी गाउँलेहरू त उहाँहरूमै भर पर्छौं ।’

हुलाकी सडकअन्तर्गत कमला नदीमाथि पक्की पुल बन्ने सपना देखाएको पनि १४ वर्ष नाघिसकेको छ । २०६८ मा सुरु गरिएको चार सय ६९ मिटर लामो पुल निर्माण कार्य तीन वर्षमा सकिने भनिएको थियो । तर त्यो सपना अझै अधुरै छ । हरेक वर्ष बर्खायाम आउँछ, नदीको बहाव बढ्छ, अनि माझीहरूको डुङ्गा जीवन र मृत्युको बीचमा यात्रुहरूलाई पार लगाउनुपर्ने वर्षौदेखिको नियति दोहोरिरहन्छ ।

पुल निर्माणको जिम्मा सुरुमा पप्पु–लुम्बिनी जेभीलाई दिइएको थियो । तर पटक–पटक म्याद थपेर करिब १० वर्ष लाग्यो । निर्माण कम्पनीले ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भई उद्घाटनको तयारी गरिरहेकै बेला २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भासिएपछि पुनर्निर्माणको काम तत्काललाई अनिश्चित भयो । बीचमै काम अलपत्र परेपछि पप्पु कन्स्ट्रक्सन कालोसूचीमा पर्‍यो ।

पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि बाँकी जिम्मेवारी लुम्बिनी बिल्डर्सले पाएको थियो । यसबीचमा पनि पटक–पटक म्याद थप्ने काम गरियो। अन्तिम पटकलाई भन्दै गत असार मसान्तसम्म पुल पुनर्निर्माण सम्पन्न गर्ने सर्तमा ठेक्का सम्झौता गरिए कम्पनीले जेठदेखि नै काम रोकिएको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, जनकपुरका योजना प्रमुख कृष्णकुमार महतोका अनुसार निर्माण कम्पनीले न म्याद थपको निवेदन दिएको छ, न काम नै अघि बढाएको छ । यसअघि निर्माण कम्पनी र बिमा कम्पनीबीचको विवाद उच्च अदालत पाटनसम्म पुगेको थियो ।

पुल निर्माणको क्रममा पुलको दुईवटा पाएर भासिएपछि निर्माण कम्पनीले बिमावापतको रकम दाबी गरेको थियो । बिमा कम्पनीबाट आठ करोड रुपैयाँको क्षतिपूर्ति दाबी गरे पनि मुद्दा अझै विचाराधीन अवस्थामा रहेकाले हाल कानुनी परामर्शसहित अगाडिको प्रक्रिया अघि बढाइएको निर्देशनालयका प्रमुख महतोको भनाइ छ ।

कमला नदीमाथि निर्माणाधीन पक्की पुल अलपत्र पर्दा त्यसको असर केबल यातायातमै सीमित छैन, अब यसले स्वास्थ्य सेवामा गम्भीर प्रभाव पारेको छ । उपचारका लागि सिरहाबाट जनकपुर पठाइएका बिरामीहरू झनै जोखिममा परिरहेका छन् । प्रादेशिक अस्पताल सिरहाबाट पठाइएका बिरामीहरूलाई सामान्यत ३१ किलोमिटर टाढा रहेको जनकपुर पुग्न चोहर्वा, मिर्चैया, ढल्केवर हुँदै झण्डै ९० किलोमिटर लामो बाटो घुमेर जानुपर्ने बाध्यता रहेको छ ।

पुल निर्माणका लागि स्थानीयले पछिल्लो दशकमा पटकपटक सङ्घर्ष गरेका छन् । प्रधानमन्त्रीदेखि मुख्यमन्त्री, विभागीय मन्त्री र सांसदहरूसम्मको ध्यानाकर्षण गराए । सबैबाट स्थानीयले आश्वासन त पाए, तर ती आश्वासन अझै पनि कागजमै सीमित छन् । विडम्बना, वर्षा लाग्नासाथ स्थानीयवासीहरूलाई उही जोखिमपूर्ण डुङ्गा यात्रा गर्नुपर्ने बाध्यता दोहोरिइरहेको छ । बाढीको समयमा नदीको उर्लदो बहाव र डुङ्गामा यात्रा गर्दा हुने दुर्घटनाको डरले त्रसित स्थानीयहरू सरकारका आश्वासन होइन, आफ्नै माझीहरूको भरोसामा बाँचेका छन् ।

पुल बन्ला र एक दिन सुरक्षित यात्रा गरौँला भन्ने यहाँका जनताको सपना पुस्तौदेखि अधुरै छ। देशकै पुरानो हुलाकी मार्ग ओझेलमा पारिएको र जोखिमपूर्ण डुङ्गा यात्रा अझै जारी हुनु यसको प्रत्यक्ष प्रमाण हो । वर्षा लाग्नासाथ, नदी पार गर्ने अन्तिम विकल्प फेरि पनि डुङ्गा नै रहन्छ।

नदी, डुङ्गा र जोखिमको यो चक्र माझीहरूको जीवनकै अभिन्न अंश बनिसकेको छ । जबसम्म त्यो भासिएको पुल उठ्दैन, कमलाको किनारमा डुङ्गा चलिरहनेछ । र माझीहरूको जीवन पनि त्यही डुङ्गासँगै नदी जस्तै बगिरहनेछ –अबिराम, अनवरत ।

सम्बन्धित-समाचार

धनुषा घट्ना  : प्रेमिकाले घरमा बोलाएपछि गएका प्रेमी फर्किएनन् : दाइले आपत्तिजनक अवस्थामा भेटेपछि विभत्स हत्या
मधेश

धनुषा घट्ना : प्रेमिकाले घरमा बोलाएपछि गएका प्रेमी फर्किएनन् : दाइले आपत्तिजनक अवस्थामा भेटेपछि विभत्स हत्या

✍ सूचना पाेर्टल
फाल्गुन १६, २०८२ मा प्रकाशित
0

धनुषा । धनुषामा १८ वर्षीय एक युवकको बीभत्स हत्या गरिएको घटनामा उनकी प्रेमिका र परिवारका दुई सदस्य पक्राउ परेका छन्।...

गौरको कर्फ्यु हट्यो, सडकमा शान्ति-सद्‍भाव र्‍याली
मधेश

गौरको कर्फ्यु हट्यो, सडकमा शान्ति-सद्‍भाव र्‍याली

✍ सूचना पाेर्टल
फाल्गुन ११, २०८२ मा प्रकाशित
0

 रौतहट । नागरिक समाजको अगुवाइमा गौर-६ सबगढामा शान्ति सद्‍भाव र्‍याली निकालिएको छ ।सबगढाको मुख्य सडकबाट सुरु भएको र्‍यालीले प्रभावित गाउँ...

डकैतीको ३ महिनापछि ४ जना आरोपी कटुवा पेस्तोलसहित पक्राउ

डकैतीको ३ महिनापछि ४ जना आरोपी कटुवा पेस्तोलसहित पक्राउ

फाल्गुन ११, २०८२ मा प्रकाशित
स्रोत नखुलेको १४ लाख नगदसहित २१ वर्षका युवक पक्राउ

स्रोत नखुलेको १४ लाख नगदसहित २१ वर्षका युवक पक्राउ

फाल्गुन १०, २०८२ मा प्रकाशित
आज पनि गौरमा ‘कर्फ्यु’

आज पनि गौरमा ‘कर्फ्यु’

फाल्गुन १०, २०८२ मा प्रकाशित
बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

तीनवटा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु, दुई घाइते

फाल्गुन ७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च
समाचार

रविको निर्देशन : दलको नेता छान्नै बाँकी छ, आफूखुसी मन्त्री घोषणा गर्दै नहिँड्नू

✍ सूचना पाेर्टल
चैत्र १, २०८२ मा प्रकाशित
0

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेताहरूलाई आफूखुसी मन्त्री घोषणा नगर्न निर्देशन दिएका छन् ।आइतबार केन्द्रीय कार्याल धापासीमा...

अरु पढ्नुहाेस्...
नेप्से २८२५ विन्दुमा, १४ अर्ब नाघ्यो कारोबार रकम

नेप्से २८२५ विन्दुमा, १४ अर्ब नाघ्यो कारोबार रकम

चैत्र १, २०८२ मा प्रकाशित
अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल नेपालमा

अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल नेपालमा

चैत्र १, २०८२ मा प्रकाशित
तीन दिनदेखि भेडेटार–रवि–राँके सडक अबरुद्ध

तीन दिनदेखि भेडेटार–रवि–राँके सडक अबरुद्ध

चैत्र १, २०८२ मा प्रकाशित
रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च

रवि लामिछानेमाथिको संगठित अपराध मुद्दा फिर्ताविरुद्धको पेसी सुवेदी र पोखरेलको इजालसमा

चैत्र १, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    241 shares
    Share 96 Tweet 60
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    235 shares
    Share 94 Tweet 59
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    41 shares
    Share 16 Tweet 10
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    34 shares
    Share 14 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    56 shares
    Share 22 Tweet 14
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    52 shares
    Share 21 Tweet 13

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष