[t4b-ticker]
Saturday, January 17, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

    पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

    सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

    सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

    तनहुमा निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

    तनहुमा निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

    ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

    झापा ५ ‘इलेक्सन इपिसेन्टर’ : ओलीको बिरासतलाई बालेनको चुनौती

    कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

    कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

    विश्वप्रकाश भन्छन् : कांग्रेस फुट्ने स्थिति आए विशेष महाधिवेशन हलबाट निस्किन्छु

    विश्वप्रकाशले भने : कांग्रेस एकताबद्ध बनाउन विशेष महाधिवेशनको विपक्षमा उभिएका साथीहरूको योगदान चाहिन्छ

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

आँपको सुवासले मगमगाइरहको सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार ६, २०८२ मा प्रकाशित
✅ मधेश
आँपको सुवासले मगमगाइरहको सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या
32
SHARES
Share on FacebookShare on Twitter

सिरहा । यो आँप पाक्ने याम हो। सिरहाका बजारमा मात्र होइन सडक किनारका साथै यत्रतत्र आँपैआँपै देखिन्छन्। केही आँप उत्पादक किसान ग्राहकको प्रतीक्षामा भेटिन्छन् भने केहीलाई बेच्न भ्याइनभ्याइ छ। पूर्वपश्चिम राजमार्गस्थित सडक किनारा आँपले छपक्कै ढाकिएका छन्। मालदहलगायत आँपको सुवासले सिरहा मगमगाइरहको छ।

हरेक घरको आँगन, बगैँचाको कुना र बजारको छेउमा बगिरहेको आँपको सुगन्ध सिरहाको पहिचान हो। हावामा घुलिएको त्यो सुगन्ध, जुन स्वादमा बदलिन्छ । यही स्वाद अब व्यवसाय, रोजगारी र आत्मनिर्भरताको गाथा बन्न थालेको छ। आँपको राजधानीका रूपमा लिइन्छ सिरहालाई । यद्यपि, यो उपाधि कुनै आधिकारिक निकायले दिएको नभएर जनमानसमा विकसित भएको उपमा हो । सिरहालाई ‘आँपको राजधानी’ भन्ने चलन यसको बृहत् उत्पादन, समथर भूभाग, गर्मी मौसम, विशिष्ट गुणस्तर र व्यापारिक महत्वजस्ता कारण मुख्य हुनसक्छ।

याे पनिपढ्नुहाेस्

धनुषामा जग्गा अतिक्रमण विवाद : झडपमा १६ सेल अश्रुग्यास प्रहार, ८ जना घाइते

१७ वर्षीया प्रेमिकाको हत्या आरोपमा ४५ वर्षीय प्रेमी पक्राउ

आँप केवल स्वादिलो फल मात्र होइन, यो पोषण, स्वास्थ्य, संस्कृति र अर्थतन्त्रसँग गाँसिएको फल पनि हो। त्यही भएर यसलाई ‘फलको राजा’ मात्र नभई ‘जीवनको फल’ पनि मानिन्छ। यसको खेतीमा जीवनयापन गर्ने हजारौँ व्यावसायिक किसानको आशा, मेहनत र भविष्य यसैमा गाँसिएको हुन्छ। आँप केवल स्वाद र सुगन्धको प्रतीक मात्र होइन, यो धेरैका लागि जीवनको आधार पनि हो ।

गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाका किसान भरत यादव र निरज सिंहले करिब सय बिघा क्षेत्रफलमा फैलिएको आँपको व्यवस्थित बगैँचा तयार गरेका छन्, जुन अहिले जिल्लाकै सबैभन्दा ठूलो व्यावसायिक आँपखेतीको नमूना बनेको छ। यो बगैँचाले केवल उत्पादनको मात्रामा मात्र योगदान दिएको छैन, जिल्लामा व्यावसायिक आँपखेतीतर्फ किसानको रुचि बढाउने प्रेरणा पनि प्रदान गरेको छ।

‘पहिला परम्परागत रूपमा खेती गथ्र्यौँ, अहिले भने बजार, प्रविधि र व्यवस्थापनमा ध्यान दिएर व्यावसायिक बनाएका छौँ’, किसान निरज सिंहले भने, ‘आँप खेतीबाट दैनिक २५ देखि ३० जनाले रोजगारी पाउने गरेका छन् । सिजनमा दुई सयदेखि पाँच सय कार्टुनसम्म आँप टिप्ने, प्याक गर्ने र त्यसलाई काठमाडौँ, पोखरा, वीरगञ्ज, जनकपुरसम्म लैजाने गरेका छौँ ।’ बगैँचाबाट हरेक वर्ष लाखौँ रूपैयाँको आँप बिक्री हुने गरेको उनको भनाइ छ।

नेपालमा आँपको मुख्य मौसम सुरू नहुँदै बजार भारतीय आँपले भरिने क्रम यस वर्ष पनि दोहोरिएको किसान सिंहले दुःखेसो पोखे । उनका अनुसार, जेठको दोस्रो सातादेखि नै नेपालका सहरबजारमा भारतीय आँपको बर्चस्व देखिन्छ, जबकि स्थानीय आँप असारको पहिलो, दोस्रो हप्तामात्र परिपक्व हुन सुरू गर्छन्। ‘यसले गर्दा देशभरका व्यावसायिक किसान चिन्तित छन्’, उनले भने।

यहाँका आँप बजारमा आउनुअघि नै सस्तो दरमा भारतीय आँप बग्रेल्ती भित्रिएपछि यहाँका किसान प्रतिस्पर्धामा पछाडि परेका छन्। सिरहाको मुसहर्नियाका व्यावसायिक कृषक भरत यादव भन्छन्, ‘हामीले मेहनत गरेर आँप उत्पादन गर्यौँ, तर भारतीय आयातले हाम्रो उत्पादनलाई बजार नै नदिएपछि ठूलो घाटा सहनुपरेको छ। एकातिर आँपको उत्पादन घटयो, अर्कातर्फ बजार मूल्य उस्तै रह्यो ।’

भारतीय आँप नेपालमा सस्तो मूल्यमा पाइने भए पनि, उपभोक्ताले धेरैजसो अवस्थामा रसायन प्रयोगको डर, कम स्वाद र कम ताजगीजस्ता गुनासो व्यक्त गर्ने गरेका छन्। नेपालमा फलफूल आयातका सम्बन्धमा स्पष्ट नीतिको अभाव, कमजोर सीमास्तर निगरानी र स्थानीय उत्पादनको संरक्षण नहुनु मुख्य कारण मानिन्छ। किसानहरू भन्छन्, ‘नेपाल सरकारले कागजमा आत्मनिर्भरता भन्ने नारा लगाउँछ, तर व्यवहारमा किसानको संरक्षण छैन।’

स्वाद र गुणस्तरमा अब्बल भए पनि स्थानीय आँप उत्पादनले बजारमा भारतीय फलसँग प्रतिस्पर्धा गर्न कठिनाइ भोगिरहेको छ। विदेशी आँप बढी चम्किला, आकर्षक देखिए पनि तीमध्ये धेरैमा अत्यधिक विषादी वा रसायन प्रयोग हुने गरेको खबर सार्वजनिक भइरहन्छन्। लहान–२४ का व्यावसायिक किसान शम्भु चौधरी भन्छन्, ‘हामीले रोग नियन्त्रणका लागि केही जैविक उपाय मात्र अपनाउँछौँ र अत्यधिक विषादी प्रयोग गर्दैनौँ । यसैले हाम्रो आँप स्वादिलो, सुरक्षित र ताजा हुन्छ।’

आँप उत्पादनमा सिरहा पहिलो
मधेस प्रदेश आँपखेतीका लागि उर्वरभूमि हो । यहाँको हावापानी, माटो आँप उत्पादनका लागि सुहाउँदो छ। प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठ जिल्लामा व्यावसायिक रूपमै आँपखेती हुँदै आएको छ। आँप उत्पादनमा यो प्रदेशको ७७ प्रतिशतभन्दा बढी योगदान रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेस प्रदेशका सचिव डा. उमेश दाहालको भनाइ छ।

मन्त्रालयको तथ्याङ्कानुसार देशभर ४२ हजार ७७३ हेक्टर क्षेत्रफलमा आँपखेती हुन्छ। जसबाट वार्षिक उत्पादन हुने पाँच लाख १३ हजार ५५ मेट्रिक टन आँपमा मधेस प्रदेशमा मात्र २९ हजार ९९ हेक्टर क्षेत्रफलमा आँपखेती हुने गरेको छ। जहाँबाट वार्षिक तीन लाख ९५ हजार ७९४ मेट्रिक टन आँप उत्पादन हुने गरेको छ।

आँप उत्पादनका दृष्टिले सिराहा सबैभन्दा अगाडि छ। सिराहमा वार्षिक एक लाख चार हजार ६७६ मेट्रिक टन आँप फल्छ भने सप्तरीमा ९६ हजार, धनुषामा ३६ हजार ९१६, महोत्तरीमा ३२ हजार ७२२, सर्लाहीमा ३९ हजार ११८, रौतहटमा ६२ हजार ५६१, बारामा १९ हजार २६९ र पर्सामा चार हजार ७३१ मेट्रिक टन आँप उत्पादन हुने गरेको मन्त्रालयको तथ्याङ्क छ।

स्वादमा नामी

नेपालका विभिन्न सहरमा ‘लहानको माल्द आँप’ भनेर बिक्री हुने आँप स्वादका हिसाबले चर्चित त छ, तर पछिल्लो समय बजारमा ठगी, विषादी प्रयोग र नक्कली ‘लेबलिङ’ का कारणले यसको बदनामी पनि उत्तिकै बढ्दो छ। लहानकै माल्दको स्वाद पाएकाहरूमाझ भने यो आँप नामी छ।

लहान नगरपालिका कृषि शाखा प्रमुख प्रकाश साह हलुवाइ भन्छन्, ‘लहानकै वास्तविक माल्द आँप खाएका उपभोक्ता यसको मिठास, सुगन्ध र प्राकृतिक रसिलोपनाको खुलेर प्रशंसा गर्छन्। तर बजारमा यही नाममा कम गुणस्तरका, समयअगावै टिपेर पकाइएका वा भारतीय आँप बिक्री हुँदा उपभोक्तामा भ्रम र असन्तुष्टि बढेको छ।’ राजमार्गको उत्तरी भेगमा पर्ने सिरहाको लहान, धनगढीमाई, गोलबजार, मिर्चैया र कर्जन्हा नगरपालिकाको चुरे क्षेत्रमा सुक्खा जमिनमा फल्ने आँप दक्षिणी भेगमा ओसिलो ठाउँमा फल्ने आँपभन्दा स्वादिलो र मिठो हुन्छ ।

स्थानीय आँपको ‘ब्राण्डिङ’

‘लहानको आँप’ भनेर अर्कै ठाउँको बेच्ने, एउटा आँप भनेर अर्कै बेच्ने, विषादी प्रयोग गरिएको आँप बेचेर लहानको आँपलाई बदनाम गराउनेलाई निरुत्साहित गरी अग्र्यानिक लहानको आँपको प्रवर्द्धन गर्न लहान नगरपालिकाले विगत दुई वर्षदेखि यहाँको माल्द आँपलाई ‘ब्राण्डिङ’ गरी काठमाडौँलगायत विभिन्न सहरमा पठाइने गरिएकोे छ । गाउँगाउँमा किसानले उत्पादन गरेको आँपलाई ब्राण्डिङ, ग्रेडिङ र प्याकेजिङ गर्नाले उपभोक्ता र उत्पादक नठगिने नगरपालिकाका कृषि संयोजक बद्रीनारायण चौधरीले बताए।

जसअनुसार पहिलो वर्ष ३० मेट्रिक टन र दोस्रो वर्ष ९० मेट्रिक टन आँप ‘ब्राण्डिङ’ गरी काठमाडौँ, पोखरा, हेटौँडालगायत सहरमा बिक्री गरेको कृषि संयोजक चौधरीले जानकारी दिए। त्यसैगरी यस वर्षबाट गोलबजारको आँपलाई पनि ‘ब्राण्डिङ’ गरिएको छ।

उत्पादन कम भएपछि गरिएन ‘ब्राण्डिङ’

आँपको उत्पादनमा कमी भएपछि यस वर्ष यहाँको आँपलाई ‘ब्राण्डिङ’ नगरिएको लहान नगरपालिका कृषि शाखाले जनाएको छ। एक वर्ष बिराएर फल्ने आँप गत वर्ष लटरम्म फलेकाले यस वर्ष गत वर्षको तुलनामा उत्पादनमा २० प्रतिशतले कमी आएको छ। जसले गर्दा मागअनुसार पुर्‍याउन नसक्ने भएकाले यस वर्ष ब्राण्डिङ नगरेको लहान नगरपालिका कृषि शाखा प्रमुख प्रकाश साह हलुवाइले जानकारी दिए।

सप्तरीको सुरूङगामाई नगरपालिकाको उत्तरी भेगमा पर्ने श्रीपुर क्षेत्रमा उत्पादन हुने ठूलो परिमाणको आँपको बजार पनि लहान हो। सिरहा जिल्लाभित्र राष्ट्रिय राजमार्गसँग जोडिएको र चुरे क्षेत्रको वातावरण रहेको लहान, गोलबजार, धनगढीमाई, गोलबजार मिर्चैया र कर्जन्हा नगरपालिकाले ५० प्रतिशत अनुदानमा आँपको बिरुवा किसानलाई वितरण गर्ने कार्यक्रम ल्याएपछि आँपखेतीको विस्तार भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र महासेठको भनाइ छ।

चिस्यान केन्द्र नहुँदा समस्या

विसं २०८१ चैत २६ गते मधेस प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशको मुख्य फल आँपलाई युरोपलगायत मुलुकमा निर्यात गर्नुपर्ने बताउनुभएको थियो । मधेसको आँपको रसलाई जुसका रूपमा ब्राण्डिङ गरेर मनग्य आम्दानी लिन सकिने प्रधानमन्त्रीको भनाइ थियो । तर आँपको भण्डारण गर्न आवश्यक पर्ने चिस्यान केन्द्र सिरहामा मात्र होइन, मधेस प्रदेशमै छैन ।

चिस्यान केन्द्र निर्माणका लागि स्थानीय तहको स्रोतसाधनले नधान्ने लहान नगरप्रमुख महेशप्रसाद चौधरीको भनाइ छ । त्यसका लागि प्रदेश तथा सङ्घीय सरकारसँग पटकपटक पहलकदमी गरेता पनि बेवास्ता गरिएको उनले गुनासो गरे । ‘व्यवस्थित चिस्यान केन्द्र भए किसानले आँप भण्डारण गरी मूल्य आएका बेला बेच्न पाउँथे । त्यसका लागि केन्द्र तथा प्रदेश सरकारसमक्ष कुरा राखे पनि अहिलेसम्म प्रगति हुन सकेन । सबैभन्दा बढी आँप उत्पादन हुने क्षेत्रमा चिस्यान केन्द्र नहुनु विडम्बना हो ।’
सरकारले आँपखेती गर्ने व्यावसायिक किसानका लागि चिस्यान केन्द्र, प्रशोधन कारखाना र निर्यातमा सहजीकरण गरिदिए मधेसको आँप अन्तरराष्ट्रिय ब्राण्ड बन्न सक्ने जानकारहरू बताउँछन् । उत्पादन र वितरण दुवै पक्षमा सुधार गर्दै लगियो भने मधेसको आँपखेतीले व्यावसायिक कृषिको क्षेत्रमा आमूल परिवर्तन ल्याउन सक्ने सम्भावना निकै बलियो छ ।

सम्बन्धित-समाचार

धनुषामा जग्गा अतिक्रमण विवाद : झडपमा १६ सेल अश्रुग्यास प्रहार, ८ जना घाइते
मधेश

धनुषामा जग्गा अतिक्रमण विवाद : झडपमा १६ सेल अश्रुग्यास प्रहार, ८ जना घाइते

✍ सूचना पाेर्टल
पुस २६, २०८२ मा प्रकाशित
0

धनुषा ।  धनुषामा जग्गा अतिक्रमणको विषयलाई लिएर झडप हुँदा ८ जना घाइते भएका छन् । मिथिला नगरपालिका-२ स्थित सुकजोरस्थित सन्त...

१७ वर्षीया प्रेमिकाको हत्या आरोपमा ४५ वर्षीय प्रेमी पक्राउ
मधेश

१७ वर्षीया प्रेमिकाको हत्या आरोपमा ४५ वर्षीय प्रेमी पक्राउ

✍ सूचना पाेर्टल
पुस २३, २०८२ मा प्रकाशित
0

सिराहा । सिराहाको कर्जन्हा नगरपालिका–१ बल्टियाकी १७ वर्षीया किशोरी अविना वैधको हत्या आफ्नै प्रेमीबाट भएको खुलासा भएको छ ।घटनापछि फरार...

बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित

हुस्सुले तराईमा जनजीवन प्रभावित, अत्यावश्यक काम नभएसम्म घरबाहिर ननिस्कन अनुरोध

पुस २३, २०८२ मा प्रकाशित
सर्लाहीका १७ वर्षीय विवेक : जन्मदर्ता नहुँदा पढाइ छाडे , सिकेकाे सिप पनि प्रयाेगमा ल्याउन समसयामा परे

सर्लाहीका १७ वर्षीय विवेक : जन्मदर्ता नहुँदा पढाइ छाडे , सिकेकाे सिप पनि प्रयाेगमा ल्याउन समसयामा परे

पुस २३, २०८२ मा प्रकाशित
राैतहटमा ग्यास बोकेको ट्यांकर पल्टिँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध, चालक घाइते

राैतहटमा ग्यास बोकेको ट्यांकर पल्टिँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध, चालक घाइते

पुस १५, २०८२ मा प्रकाशित
रौतहटको ज्योति डिस्टिलरीमा ब्वाइलर विस्फोट हुँदा एक जनाको मृत्यु, ६ घाइते

रौतहटको ज्योति डिस्टिलरीमा ब्वाइलर विस्फोट हुँदा एक जनाको मृत्यु, ६ घाइते

पुस १२, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु
समाचार

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

✍ सूचना पाेर्टल
माघ ३, २०८२ मा प्रकाशित
0

काठमाडाै । रोपेली मुलुक पोल्यान्डमा एक नेपालीको निधन भएको छ।झापाको कमल गाउँपालिका-६ पञ्चकन्या लखनपुर घर भएका ४२ वर्षीय गोपालबहादुर लिम्बू...

अरु पढ्नुहाेस्...
देउवालाई सुनिल शर्माको आग्रह : बन्द सत्रको उद्घाटन गर्न आउनुस्

निर्वाचन आयोगले दिएको निर्णय स्वीकार गरेर जाने बाहेक अर्को विकल्प छैन : सुनील शर्मा

माघ ३, २०८२ मा प्रकाशित
देउवा पक्षको निर्णय: गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध आइतबार अदालत जाने

देउवा पक्षको निर्णय: गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध आइतबार अदालत जाने

माघ ३, २०८२ मा प्रकाशित
सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

माघ ३, २०८२ मा प्रकाशित
ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी

माघ ३, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    27 shares
    Share 11 Tweet 7
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    29 shares
    Share 12 Tweet 7
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    28 shares
    Share 11 Tweet 7
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    29 shares
    Share 12 Tweet 7
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    32 shares
    Share 13 Tweet 8
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    36 shares
    Share 14 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष