इटहरी । धरानको जिरो प्वाइन्टमा आइतबार दिउँसो सवा ४ बजे बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको ‘इन्टरनेशनल टेम्स एकेडेमी’ लेखिएको बस अनियन्त्रित भई श्रीकृष्ण प्रणामी मन्दिरको सटरमा रहेको न्यु सभा मेडिकलमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुल्न सकेको छैन। घाइतेहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भिषणबाबु राईले मध्यान्हलाइ बताए । घटनास्थलमा प्रहरी टोलीले उद्धार तथा अनुसन्धान गरिरहेको जनाएको छ।



























Discussion about this post