[t4b-ticker]
Monday, April 13, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम

    ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम

    वीरगन्जमा टिकटकमा भिडिओ बनाएर युवतीले प्राण त्यागिन्

    वीरगन्जमा टिकटकमा भिडिओ बनाएर युवतीले प्राण त्यागिन्

    नेता बाँस्कोटाको व्यंग्य: मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ

    नेता बाँस्कोटाको व्यंग्य: मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ

    सभापति थापासँग रुष्ट राजेन्द्र बजगाईंले त्यागे कांग्रेस, भने– ‘सज्जनका हातमा गोबर छ’

    सभापति थापासँग रुष्ट राजेन्द्र बजगाईंले त्यागे कांग्रेस, भने– ‘सज्जनका हातमा गोबर छ’

    लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

    लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

    संसद्‍को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री सुधन गुरुङ

    गृहमन्त्री गुरुङसँग ४ करोड ३१ लाखको सेयर, ८९ तोला सुन

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

दूधकोशी जलविद्युत् आयोजना : बजेट समावेशले निर्माण कार्यले गति लिने आशा

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
जेष्ठ १७, २०८२ मा प्रकाशित
✅ काेशी
27
SHARES
Share on FacebookShare on Twitter

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने रभुँवाघाटस्थित दूधकोशीबाट उत्पादन गर्न लागिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने भएको छ । बजेट अभावले मुआब्जा निर्धारण रोकिएको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट समावेश गरेपछि आयोजनाको काम अघि बढ्ने विश्वास गरिएको हो ।

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई नेपाल सरकारले प्राथमिकताका साथ अगाडि बढाउनेगरी सरकारले यही जेठ–१५ गते प्रस्तुत गरेको बजेटमा समावेश गरेको हो । एमाले नेता विशाल भट्टराईले भने, ‘दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा मुआब्जाका लागि पटक–पटक छलफल भए पनि बजेट अभावका कारण निर्धारण हुन सकेको थिएन । यो पटक सरकारले बजेटमा आयोजनालाई समावेश गरेको छ । अब मुआब्जा निर्धारण गरेर जग्गाधनीलाई वितरण गर्नेगरी काम अघि बढ्छ । यो जिल्लावासीको लागि खुसीको कुरा हो ।’

याे पनिपढ्नुहाेस्

झापामा ३ वटा मोटरसाइकल एकै ठाउँमा ठोक्किए, १ को मृत्यु, ४ जना घाइते

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाउने पाँचथरका युट्युबर रोशन पोखरेल पक्राउ

खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने रभुँवाघाटबाट उत्पादन गरिने बहुउद्देश्यीय जलविद्युत् आयोजनाका लागि तत्कालीन अर्थमन्त्री वर्षमान पुनको पालामा नेपाल सरकार र लगानीकर्ताबीच सहमति जुटाइएको थियो । करिब ४२ वर्षअघि अध्ययन गरेर सुरू गरिएको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा एसियाली विकास बैंक (एडिबी) लगायतका वित्तीय संस्थाले लगानी गर्ने जनाएको छ ।

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाले ओगट्ने खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका सरकारी तथा व्यक्तिका गरी करिब २५ हजार रोपनी जग्गा प्राप्ति (अधिग्रहण) को प्रक्रिया अघि बढाइएको छ । जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालनका लागि सरकारी जग्गाबाहेक व्यक्तिको नाममा रहेको करिब २० हजार रोपनी जग्गा अधिग्रहण हुने अनुमान गरिएको विद्युत् प्राधिकरणले जनाएको छ ।

बजेट अभावका कारण व्यक्तिको नाममा रहेको जग्गाको मुआब्जा लामो समयसम्म निर्धारण नहुँदा जलविद्युत् आयोजना नै के हुने भन्ने जिल्लावासीमा चिन्ता बढ्दै गएको थियो । मुआब्जा निर्धारण नभए पनि जलविद्युत् आयोजनाबाट प्रभावित हुने जग्गाको किनबेचमा भने, नेपाल सरकारले रोक लगाएको छ। दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको छ ।

सरकारको राष्ट्रिय गौरवको आयोजनाकोरूपमा रहेको दूधकोशी जलविद्युत् आयोजनाको मुआब्जा निर्धारणका लागि रायसुझाव लिन बसेको सर्वदलीय छलफलले जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम चलनचल्तीको मूल्य, बैंक तथा वित्तीय संस्थाले गर्ने मूल्याङ्कन, जिल्लामा कारोबार भएको मूल्य र सरकारी दर रेटलाई आधार मानेर जग्गाको मूल्य निर्धारण गर्ने निचोड निकालेको छ ।

जलविद्युत् आयोजनाका लागि खोटाङतर्फको जग्गा विसं २०७८ असार २३ गतेदेखि रोक्का छ भने, ओखलढुङ्गातर्फको जग्गा अधिग्रहणका लागि विसं २०७८ फागुन २३ गते सूचना प्रकाशित गरेको थियो । जग्गा प्राप्ति ऐन र जग्गाधनीको अपेक्षा नमिल्दा दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि अधिग्रहण गरिने जग्गाको मुआब्जा निर्धारण हुन नसकेको स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् ।

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना प्रभावित क्षेत्रका जग्गाधनीको रायलाई संशोधन गरेर सम्बन्धित स्थानीय तहको तर्फबाट मूल्य निर्धारण समिति र उपसमितिलाई यसअघि नै राय दिइसकेको रावाबेँसी गाउँपालिकाका प्रमुख फटिककुमार श्रेष्ठले बताए । ‘जग्गाको अन्तिम मूल्य निर्धारण गर्न सकिएको छैन । यसका लागि तीन वा पाँच रोपनीभन्दा कम जग्गा भएका जग्गाधनीलाई दिइने मुआब्जाबारे छुट्टै मूल्याङ्कन गर्नुपर्ने देखिएको छ’, उनले भने, ‘प्रभावित क्षेत्रमा पुस्तौँदेखि अरूको जग्गा कमाएर बसेका र प्रभावित क्षेत्रमै अरूको जग्गामा ३० देखि ४० वर्षदेखि घरटहरा बनाएर बसिरहेका छन् । उनीहरूको पुनःस्थापनाको विषयले पनि मूल्य निर्धारणमा अलमल गराएको छ । लामीडाँडाको रभुँवाघाटमा वर्षौँदेखि माझी समुदायको ठूलो संख्यामा बसोबास छ । उनीहरूका लागि उचित ठाउँमा पुनर्वासका स्थानान्तरण गर्नसमेत सम्बन्धित निकायसमक्ष स्थानीय सरकारको तर्फबाट माग गरेका छौँ ।’

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालनका क्रममा १६२ घरपरिवार पूर्णरूपमा विस्थापित हुने र ९८८ परिवार आंशिक प्रभावित हुने प्रारम्भिक गरिएको छ । बहुवर्षे आयोजनाका रूपमा अगाडि बढाइएको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाले एक हजार ५० घर परिवारको खेतीयोग्य जमिन डुबानमा फर्ने जनाइएको छ ।

खोटाङको लामीडाँडास्थित रभुँवाघाटमा २२० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट सुरूङमार्फत हलेसी तुवाचुङ नगरपालिका–९ धितुङमा पानी खसाएर जलविद्युत् उत्पादन गर्ने लक्ष्यका साथ दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको काम अघि बढाइएको छ । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट वार्षिक तीन अर्ब ४४ करोड ३० युनिट बिजुली उत्पादन हुने विद्युत् प्राधिकरणले जनाएको छ ।

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालनमा आएपछि विद्युतीय सेवासँगै जलाशयमा डुङ्गा सयर, माछापालन तथा तीन जिल्लाको पर्यटन विकासमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ । दूधकोशी जलाशयमा त्रिधार्मिकस्थल हलेसी तथा सर्वोच्च शिखर सगरमाथा आउने पर्यटकलाई डुङ्गा सयर गराउन सकिने जनाइएको छ ।

सम्बन्धित-समाचार

झापामा ३ वटा मोटरसाइकल एकै ठाउँमा ठोक्किए, १ को मृत्यु, ४ जना घाइते
काेशी

झापामा ३ वटा मोटरसाइकल एकै ठाउँमा ठोक्किए, १ को मृत्यु, ४ जना घाइते

✍ सूचना पाेर्टल
चैत्र ३०, २०८२ मा प्रकाशित
0

झापा । झापामा तीनवटा मोटरसाइकल एकै ठाउँमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। आइतबार साँझ बुद्धशान्ति...

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाउने पाँचथरका  युट्युबर  रोशन पोखरेल पक्राउ
काेशी

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाउने पाँचथरका युट्युबर रोशन पोखरेल पक्राउ

✍ सूचना पाेर्टल
चैत्र २९, २०८२ मा प्रकाशित
0

इटहरी ।  युटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ...

कोशीका मुख्यमन्त्रीलाई मातृ शोक

कोशीका मुख्यमन्त्रीलाई मातृ शोक

चैत्र २६, २०८२ मा प्रकाशित
भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु

भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु

चैत्र २५, २०८२ मा प्रकाशित
कोसी प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य

कोसी प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य

चैत्र २३, २०८२ मा प्रकाशित
एमसीसी खारेज गर्न संसद बैठकमा हर्क साम्पाङको प्रस्ताव

एमसीसी खारेज गर्न संसद बैठकमा हर्क साम्पाङको प्रस्ताव

चैत्र १९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम
समाचार

ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम

✍ सूचना पाेर्टल
चैत्र ३०, २०८२ मा प्रकाशित
0

इटहरी । चितवन भरतपुरस्थित त्रिशुल फुड्स प्रा.ली. ले आफ्ना डिलर र ग्राहकलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ईटहरीमा “जस्मिन दशैं–तिहार ट्रिपल धमाका...

अरु पढ्नुहाेस्...
झापामा ३ वटा मोटरसाइकल एकै ठाउँमा ठोक्किए, १ को मृत्यु, ४ जना घाइते

झापामा ३ वटा मोटरसाइकल एकै ठाउँमा ठोक्किए, १ को मृत्यु, ४ जना घाइते

चैत्र ३०, २०८२ मा प्रकाशित
वीरगन्जमा टिकटकमा भिडिओ बनाएर युवतीले प्राण त्यागिन्

वीरगन्जमा टिकटकमा भिडिओ बनाएर युवतीले प्राण त्यागिन्

चैत्र ३०, २०८२ मा प्रकाशित
नेता बाँस्कोटाको व्यंग्य: मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ

नेता बाँस्कोटाको व्यंग्य: मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ

चैत्र ३०, २०८२ मा प्रकाशित
भारतीय गायिका आशा भोसलेको निधन

गायिका आशा भोसलेको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै

चैत्र ३०, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    319 shares
    Share 128 Tweet 80
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    323 shares
    Share 129 Tweet 81
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    79 shares
    Share 32 Tweet 20
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    72 shares
    Share 29 Tweet 18
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    68 shares
    Share 27 Tweet 17
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    71 shares
    Share 28 Tweet 18

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष