इटहरी । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आयोजनामा शुक्रबार कोशी प्रदेश सरकारले ल्याएको संचार विधेयकविरुद्ध धर्ना दिन पुगेका पत्रकारमाथि प्रहरीले धरपकड गरेको छ।
विधेयकलाई अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास भन्दै पत्रकार महासंघले प्रदेश सभा सचिवालय अगाडि विरोध प्रदर्शन गरेको थियो। सो क्रममा कार्यक्रममा सहभागी पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिन खोजेपछि हलचल भएको थियो।
पत्रकार महासंघले प्रहरीको बल प्रयोगप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रतामाथि धक्का दिने गरी सरकारले दमनकारी शैली अपनाएको टिप्पणी गरेको छ।




























Discussion about this post