इटहरी । कोशी प्रदेश सरकारले सुनसरीकाे इटहरीमा देशकै पहिलो प्रदेशस्तरीय राजस्व कार्यालय सञ्चालनमा ल्याएको छ। आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले सोमबार कार्यालय उद्घाटन गर्दै प्रदेश सरकार विगतमा अपेक्षित राजस्व संकलन गर्न नसकेको स्वीकार गर्दै यो कार्यालय राजस्व संकलनलाई प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन स्थापित गरिएको बताए।
उनका अनुसार जनतामाथि अतिरिक्त करको बोझ नथप्ने गरी राजस्व वृद्धि गरिनेछ। गएको आर्थिक वर्षमा प्रदेश सरकारले ४ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ९८ प्रतिशत मात्रै संकलन भएको थियो।
चालु आर्थिक वर्षमा भने ५ अर्ब ५० करोडको लक्ष्य राखिएको छ। उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य रमेश बस्नेत, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, प्रदेशसभा सदस्य मिना श्रेष्ठ, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदीलगायतको उपस्थिति थियो। सहभागीहरूले नयाँ कार्यालयले प्रदेशको आर्थिक शासन व्यवस्थामा सुदृढ भूमिका खेल्ने विश्वास व्यक्त गरे।




























Discussion about this post