यसअघि निर्वाचन जितेका उपमहासचिव जितेका योगेश भट्टराई र गोकुल बाँस्कोटाको टिकट होल्डमा परेको छ । बाँस्कोटाको काभ्रे-२ बाट एकल सिफारिस भएको थियो । गत पुस २१ गते बसेको एमालेको क्षेत्रीय समन्वय कमिटीको बैठकले बाँस्कोटाको नाम मात्र सिफारिस गर्ने निर्णय गरेको थियो। उनी यसअघिको निर्वाचनमा गठबन्धन विरुद्ध ४५ हजार ३४५ मत ल्याएर काभ्रे–२ बाट प्रतिनिधिसभामा विजयी भएका थिए ।
नेता ठाकुर गैरेको टिकट खोसिएको छ । यसअघि गठबन्धनलाई पराजित गर्दै गैरे पाल्पा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेलाई ३ हजार ९६६ मतान्तरले पराजित गर्दै गैरै निर्वाचित भएका हुन् । गैरेले २७ हजार ८१७ मत पाउँदा एकीकृत समाजवादीका पाण्डेले २३ हजार ८५१ मत ल्याएका थिए ।
रुपन्देही–२ बाट चुनाव लड्दै आएका एमाले उपाध्यक्ष विष्णु पौडेलले निर्वाचन क्षेत्र परिवर्तन गर्दै पाल्पा–२ को टिकट लिएका छन् । शनिबार च्यासलमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पौडेलको निर्वाचन क्षेत्र सार्नुपर्ने आवश्यकता परेको तर्क गरेका थिए ।
इलाम क्षेत्र नम्बर एककमा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै विजयी महेश बस्नेतको पनि टिकट खोसिएको छ । इलाम–१ बाट खनाल २ हजार ९५७ मतान्तरले बस्नेतसँग पराजित भएका थिए । बस्नेतको ठाउँमा काजीमान कागतले पाएका छन् । काठमाडौं क्षेत्र नम्बर ९ बाट विजयी कृष्णगोपाल श्रेष्ठको पनि टिकट होल्डमा छ । श्रेष्ठ ११ हजार ९५६ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १०९६१ मत पाएका थिए ।
झापा ४ बाट दुई दुई पटक जितेका एलपी साँवा लिम्बुको पनि टिकट खोसिएको छ । उनले २९ हजार ३१५ मत ल्याउँदै निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देउमान थेबेलाई हराएका थिए । झापा ४ मा अखिलका पूर्व सचिव मनोज ताम्लीले पाएका छन् ।
पूर्व रक्षामन्त्री तथा केन्द्रीय सदस्य मानवीर राईको पनि टिकट खोसिएको छ । उनले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गरेका थिए । राईले १९ हजार ३२४ मत ल्याउँदा केसीले १६ हजार ५४५ मत पाएका थिए । राईको ठाउँमा जिल्ला कमिटीका उपसचिव कल्पना राईले टिकट हात पारेकी छिन् ।
यसैगरी तारा लामाको टिकट खोसिएको छ । लामाले कञ्चनपुर १ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की बिना मगरलाई पाँच हजार ५४२ मत अन्तरले पराजित गरेका थिए। तामाङले २४ हजार ८९२ मत र मगरले १९ हजार ३४४ मत प्राप्त गरेका छन्। उनका ठाउँमा कमला बोहराले टिकट पाएका छन् ।
यसैगरी कास्कीको क्षेत्र नम्बर १ बाट मनबहादुर गुरुङको टिकट खोसिएको छ ।गुरूङले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ६०९ मतान्तरले पराजित गरेका थिए । एमालेका गुरुङले २५ हजार ७९८ मत ल्याउँदा कांग्रेसका बरालले २३ हजार १८९ मत ल्याएका थिए । उनको ठाउँमा बैणबहादुर क्षेत्रीलाई टिकट दिइएको छ ।
कपिलवस्तु क्षेत्र नम्बर ३ मा निर्वाचित मंगलप्रसाद गुप्ताले टिकट पाएनन् । उनले आफ्ना निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकप्रताप शाहलाई साढे तीन हजारभन्दा बढीको मतान्तरले हराएका थिए । गुप्ताले २२ हजार ६ सय १९ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी शाहले १८ हजार ९ सय ८२ मत प्राप्त गरेका थिए ।
सिराहा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित रामशंकर यादवको पनि टिकट खोसिएको छ । यादव २०८३ मतले नेपाली कांंग्रेसका पद्मनारायण चौधरीलाइ पराजित गर्दै विजयी भएका हुन्। यादव २९४६२ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी चौधरीले २७३७९ मत ल्याएका थिए ।यसैगरी यसअघि जितेका भीमप्रसाद आचार्य र राजकुमार गुप्तालाई भने भ्रष्टाचार मुद्दाले समस्यामा पारेको हो, भने विद्या भट्टराईले भने चुनाव लड्न रुची देखाइनन् ।

Discussion about this post