[t4b-ticker]
Saturday, April 18, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

    सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

    एकै महिनामा ६ लाखले लिए श्रम स्वीकृति, नयाँभन्दा फर्किने धेरै

    एकै महिनामा ६ लाखले लिए श्रम स्वीकृति, नयाँभन्दा फर्किने धेरै

    प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

    स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

    स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

    आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

    आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

    आज मातातीर्थ औँसी, आमाको मुख हेरेर मनाइँदै

    आज मातातीर्थ औँसी, आमाको मुख हेरेर मनाइँदै

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

तीन तहको सरकार बन्नु मात्रै संविधान कार्यान्वयन होइन : कृष्णप्रसाद सिटौला

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
जेष्ठ १३, २०८२ मा प्रकाशित
✅ राजनीति
30
SHARES
Share on FacebookShare on Twitter

इटहरी डेस्क ।  नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुख्य राजनीतिक दल कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले साझा नीति बनाएर देश विकासमा लाग्नुपर्ने आवश्यकता औंल्याएका छन् । राष्ट्रियसभाका सदस्य सिटौलाले भनेका छन्, ‘संविधानको मौलिक पक्षलाई मानेर अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मान्ने सबै राजनीतिक दल मिलेर देश विकासमा लाग्नुपर्ने अहिलेको मूल आवश्यकता हो ।’

पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका सिटौलाले भने, ‘देशको अर्थ, घरेलु नीति, कृषि र बाह्यलगायत समग्र नीति बनाउने र जुन पार्टीको सरकार भए पनि त्यो नीतिका आधारमा सरकार सञ्चालन गर्नुपर्छ, त्यसो गर्दा देशको समग्र विकास गर्न सकिन्छ ।” राससका समाचारदाता सुशील दर्नालले सांसद सिटौलासँग लिको अन्तर्वार्ताको सम्पादित अंशः

याे पनिपढ्नुहाेस्

रास्वपाले बोलायो संसदीय दलको बैठक

पूर्णबहादुर खड्काबारे निर्णय गर्न आज कांग्रेसको अनुशासन समिति बैठक बस्दै

शान्ति प्रक्रियाका कतिपय विषयले अझै पनि पूर्णता पाउन सकेको छैन, यो विषयमा तपाईको भनाइ के छ ?

–द्वन्द्वपीडितलाई न्याय दिने विषयमा धेरै ढिला भएको छ । ढिला गर्नु भनेको न्याय नदिनु जस्तै हो । द्वन्द्वपीडितमाथि अन्याय भएको विषयलाई हामीले स्वीकार गर्नुपर्छ । पीडितलाई न्याय दिएर बदलाको भावना अन्त्य गर्नुपर्ने छ।अविश्वासको भावनालाई पनि अन्त्य गर्नुछ । शान्ति प्रक्रियासँग जोडिएको यो विषयको समाधान गर्दै नयाँ राजनीतिक यात्रा सुरु गर्नुपर्छ। द्वन्द्वपीडितलाई न्याय दिन गठन गरिएको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ताको छानबिनसम्बन्धी आयोगले पूर्णता पाएको छ। मुख्य यी आयोगले कति गहिराइमा पुगेर समस्याको समाधान गर्न सक्छन् भन्ने हो । विस्तृत शान्ति सम्झौताको भावनाबमोजिम आयोगले कत्तिको छिटो निष्कर्ष निकाल्न सक्छन् भन्ने हो। यो एउटा संवेदनशील विषय हो। राज्यले छिटो टुङ्गोमा पुर्‍याउनुपर्ने विषय हो। अब ढिला नगरिकन टुङ्ग्याउनु पर्छ। टुङ्ग्याउने विषयमा राजनीतिक दलले निष्पक्ष रूपमा गर्नुपर्छ भनेर समर्थन पनि गर्नुपर्छ ।

शान्ति, सुरक्षाको विषयलाई कसरी हेर्नु भएको छ ?

–अहिले धेरै नै शान्ति, सुरक्षामा प्रगति भएको छ । आपराधिक घटना कम हुँदै गएका छन् । समाज निर्माणका क्रममा यस्तो छिटपुट नेपालमा मात्र होइन संसारभर नै हुन्छ । तर आपराधिक क्रियाकलाप हुनै नदिन प्रहरी प्रशासनलाई सक्षम निकायका रूपमा विकास गर्नुपर्छ । यसलाई आधुनिक उपकरण दिँदै उत्कृष्ट तालिमको व्यवस्था गर्दै समय सान्दर्भिक बनाउन जरुरी छ । अपराध भइसकेपछि मात्र अनुसन्धान होइन, अपराधलाई नियन्त्रण गर्दै अपराध नै हुन नदिने खालको पूर्वतयारी गर्नुपर्छ ।

देशको व्यवस्था परिवर्तनमा प्रमुख राजनीतिक दलहरू एकै ठाउँमा उभिएका थिए, अहिले जनताको अवस्था परिवर्तन गर्ने बेलामा दलहरूबीच थप सहकार्य आवश्यक देखिन्छ । राजनीतिक दललाई तपाईको सुझाव के छ ?

–दलहरूबीच संविधान निर्माणका क्रममा भएको सहमति र एकतालाई देश निर्माणमा पनि निरन्तरता दिनुपर्ने थियो । त्यो हुन सकेन । कम्तीमा १० वर्ष निरन्तरता दिनुपर्ने थियो । दुर्भाग्य, संविधान जारी भएलगत्तै मुख्य राजनीतिक दलका बीचमा केही मतभेद सुरु भयो । त्यसले नेपालको राजनीतिक वृत्तमा समस्या ल्याएको हो। संविधान निर्माणमा झण्डै सात वर्ष लागेको छ । त्यसैले अब संविधानको मौलिक पक्षलाई मानेर अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मान्ने सबै राजनीतिक दल मिलेर देश विकासमा लाग्नुपर्छ । मेरो फेरि पनि अनुरोध छ, राष्ट्रको मूल समस्या पहिचान गरेर साझा दृष्टिकोण बनाएर जानुपर्छ । देशको अर्थ, घरेलु, कृषि र बाह्यलगायत समग्र नीति बनाउने र जुन पार्टीको सरकार भए पनि त्यो नीतिका आधारमा सरकार सञ्चालन गर्नुपर्छ ।

राष्ट्रियसभाको अहिलेसम्म तपाईको अनुभव कस्तो भयो ?

–राष्ट्रियसभामा आएका विधेयक समितिमा पर्याप्त छलफलपछि सर्वसम्मतिले पारित हुने गरेका छन्। मेरो बुझाइमा यो राष्ट्रियसभाको महत्वपूर्ण पक्ष हो । सभाका सबै सदस्य सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा हुनुहुन्छ। सभाका सबै सदस्य संविधानसँग जोडिएका सबै कानुन निर्माण द्रूतगतिमा हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ। राष्ट्रियसभा आफैले अध्ययन गरी आवश्यकताका आधारमा कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण पनि गराउँदै आएको छ। मुख्य कुरा, राष्ट्रियसभाको गठन प्रदेशसभाका सदस्य र स्थानीय तहका सरकारका प्रमुख र उपप्रमुखको मतदानबाट हुने हो ।

त्यसैले यो सभाले सबैभन्दा बढी सङ्घीयताको कार्यान्वयनमा ध्यान दिनुपर्छ भन्ने लागेको छ । त्यही कार्यदिशामा सभाले काम गर्न थालेको छ। यही सोचअनुसार राष्ट्रियसभाले सातै प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखसँग अन्तरक्रिया कार्यक्रम पनि गर्ने भएको छ। सातै प्रदेशबाट आएका सुझावका आधारमा प्रतिवेदन तयार गरी सरकारको ध्यानाकर्षण गराउने सभाको योजना छ। सरकारले त्यसअनुसार द्रूतगतिमा विधेयक ल्याउने र त्यसका आधारमा कानुन निर्माण गर्ने हो भने संविधान कार्यान्वयनमा राष्ट्रियसभाको महत्वपूर्ण भूमिका हुनसक्छ भन्ने मलाई लागेको छ।

संविधान कार्यान्वयनको अवस्थालाई कसरी विश्लेषण गर्नु भएको छ ?
–संविधान कार्यान्वयनको सन्दर्भमा आवश्यक कानुन निर्माण गर्ने विषयले अझै पनि पूर्णता पाउन सकेको छैन । यो पाटोबाट हेर्दा मलाई संविधानको पूर्ण कार्यान्वयन हुनसकेको छैन भन्ने लाग्छ । संविधानको कार्यान्वयन भनेको संसद् र सरकार बनाउने मात्र होइन । तीन तहको सरकार बन्नु मात्रै संविधानको कार्यान्वयन होइन । संवैधानिक निकाय र न्यायपालिका बनाउने मात्रै पनि संविधान कार्यान्वयन होइन । यसको कार्यान्वयन भनेको जनताको अधिकार र आर्थिक प्रगतिका निम्ति मौलिक हकका रूपमा जनतालाई भनिएको विषयमा संसद् र सरकारको जति ध्यान पुग्नुपर्ने हो, त्यति पुग्नसकेको छैन ।

संविधानमा आमूल सुधार गर्नुपर्ने समय आइसकेको हो ?
–संविधानको एक पटक राम्रोसँग समीक्षा गर्नुपर्छ । संविधान २०७२ सालमा जारी भयो । विसं २०७४ मा संविधानबमोजिम पहिलो निर्वाचन भएपछि तीनै तहको सरकार बन्यो । पहिलो पाँच वर्षको कार्यकाल तीनै तहले पूरा ग¥यो । हामी अहिले दोस्रो कार्यकालमा छौँ । स्थानीय तह तेस्रो वर्ष पूरा गरेर अहिले चौथो वर्षमा छ । प्रदेश र सङ्घ तेस्रो वर्षमा छ । संविधान जारी भएपछिको पहिलो निर्वाचनपछिको आठ वर्षको अवधिलाई राम्रोसँग समीक्षा गर्न सक्नुपर्छ । कहीँकतै राज्य सञ्चालनमा त्रुटि भएको छ भने पनि राज्य सञ्चालकले सच्याउन सक्नुपर्छ । सच्चिन सक्नुपर्छ । राज्य सञ्चालन गर्दैगर्दा संविधानमा कमी कमजोरी देखिएको छभने त्यसलाई पनि सच्याउन सक्नुपर्छ । तर संविधानलाई संशोधन गर्ने नाममा सङ्घीय लोकतान्त्रिक गणतन्त्रसँग जोडिएका मौलिक पक्षलाई अझै कमजोर बनाउनु हुँदैन । बरु बलियो र सुदृढ गर्नेगरी संशोधन गर्नुपर्छ । संविधान जारी भएपछि संसद्, सरकार, न्यायपालिका र सबै संवैधानिक निकायले जनताको पक्षमा गरेका कामको समीक्षा गर्नु आजको आवश्यकता हो भन्ने मलाई लागेको छ । संविधानको कार्यान्वयनमा देखिएको त्रुटिलाई जनताले औँल्याइरहनुपर्छ । नागरिक समाजले पनि औंल्याउनुपर्छ । तीनै तहको सरकार वा संवैधानिक निकायले गल्ती गरेको खण्डमा जनताले भन्न छाड्नु हुँदैन ।

देशको आर्थिक, भौतिक विकासको गतिलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?

देशमा विकास नभएको होइन । भौतिक विकास हेर्दा, धेरै ठूला सडक, अन्तरराष्ट्रिय र राष्ट्रिय विमानस्थल बनेका छन्। धेरै मेडिकल कलेज, विश्वविद्यालय खुलेका छन् । जलविद्युत्का क्षेत्रमा पनि विकास भएको छ । अबको १० वर्षपछि जलविद्युत् नेपाललाई पुगेर विदेशमा पनि निर्यात गर्न सक्ने अवस्थामा पुग्ने अपेक्षा गरिएको छ । तर, यत्तिमै सन्तुष्ट हुने अवस्था छैन । नेपालमा अहिले पर्याप्त रोजगारी सिर्जना मुख्य मुद्दा हो । किसानको श्रम र पुँजी खेर जान नदिन सरकारले उनीहरूको उत्पादन खरिद गरेर भण्डार गर्नेतर्फ सोच्नुपरेको छ । किसानलाई मुनाफा दिनुपर्छ ।

त्यसका निम्ति तीनै तहले नीति बनाएर अगाडि जानुपर्ने आवश्यकता देखेको छु । किसानलाई कृषि गर्दा घाटा भएपछि नेपालका खेतबारी बाँझै भएका हुन् । मलका लागि नेपालको आफ्नै रासानिक मल कारखाना छैन । सरकारले निजी क्षेत्रलाई आह्वान गरेर भए पनि कृषिमा योजना बनाएर काम गर्नुपर्ने छ । यस्तै, नेपालको अर्थतन्त्र अहिले कमजोर अवस्थामा छ । सुदृढ अर्थतन्त्रको विकास गर्न राष्ट्रसामु रहेका चुनौती के–के हुन् ? त्यसलाई कसरी सामना गर्न सकिन्छ भन्ने साझा दृष्टिकोण बनाउन सकियो भने जुन पार्टीको नेतृत्वमा सरकार बने पनि त्यही साझा दृष्टिकोणका आधारमा काम गर्न सहज हुन्छ ।

सम्बन्धित-समाचार

रास्वपाले बोलायो संसदीय दलको बैठक
राजनीति

रास्वपाले बोलायो संसदीय दलको बैठक

✍ सूचना पाेर्टल
बैशाख २, २०८३ मा प्रकाशित
0

इटहरी ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहान १२ बजे...

बैठक सारेपछि पूर्णबहादुरले भने : जबसम्म सर्बसम्मत निर्णय गर्ने अवस्था बन्दैन, सारिरहन्छु
राजनीति

पूर्णबहादुर खड्काबारे निर्णय गर्न आज कांग्रेसको अनुशासन समिति बैठक बस्दै

✍ सूचना पाेर्टल
बैशाख २, २०८३ मा प्रकाशित
0

इटहरी ।नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज (बुधबार) बस्दै छ।आज दिउँसो २ बजे केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक बस्ने...

सभापति थापासँग रुष्ट राजेन्द्र बजगाईंले त्यागे कांग्रेस, भने– ‘सज्जनका हातमा गोबर छ’

सभापति थापासँग रुष्ट राजेन्द्र बजगाईंले त्यागे कांग्रेस, भने– ‘सज्जनका हातमा गोबर छ’

चैत्र ३०, २०८२ मा प्रकाशित
किशोरीहरूमाथि ‘साइबर बुलिङ’ भएको भन्दै झाँक्री र अर्यालसहित एमालेका १८ महिला सांसदले दिए साइबर ब्युरोमा उजुरी

किशोरीहरूमाथि ‘साइबर बुलिङ’ भएको भन्दै झाँक्री र अर्यालसहित एमालेका १८ महिला सांसदले दिए साइबर ब्युरोमा उजुरी

चैत्र २४, २०८२ मा प्रकाशित
उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना

उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना

चैत्र २४, २०८२ मा प्रकाशित
कांग्रेस विशेष महाधिवेशन : उमेदवारी मनोनयन आज

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनको तयारी

चैत्र २३, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज
BANNER

सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

✍ सूचना पाेर्टल
बैशाख ४, २०८३ मा प्रकाशित
0

इटहरी । नेपाली कांग्रेसको आधिकारीकता गगन थापा नेतृत्वको टिमलै नै पाएको छ।सर्वोच्च अदालतले शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको...

अरु पढ्नुहाेस्...
एकै महिनामा ६ लाखले लिए श्रम स्वीकृति, नयाँभन्दा फर्किने धेरै

एकै महिनामा ६ लाखले लिए श्रम स्वीकृति, नयाँभन्दा फर्किने धेरै

बैशाख ४, २०८३ मा प्रकाशित
संघीय सरकारको निर्णय स्थानीय सरकारले नमान्ने, विद्यालय भर्ना सुरु गर्न आग्रह

संघीय सरकारको निर्णय स्थानीय सरकारले नमान्ने, विद्यालय भर्ना सुरु गर्न आग्रह

बैशाख ४, २०८३ मा प्रकाशित
प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

बैशाख ४, २०८३ मा प्रकाशित
स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

बैशाख ४, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    322 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    326 shares
    Share 130 Tweet 82
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    81 shares
    Share 32 Tweet 20
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    75 shares
    Share 30 Tweet 19
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    71 shares
    Share 28 Tweet 18
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    74 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष