गृहमन्त्री लेखकको प्रश्न : रविमाथिको अनुसन्धान कसरी प्रतिशोधपूर्ण र गैरकानुनी भयो ?
- मंसिर ३०, २०८१ मा प्रकाशित
चितवन । गृहमन्त्री रमेश लेखकले कानुनबमोजिम रवि लामिछानेमाथि अनुसन्धान भइरहेको दावी गरेका छन् । आज (आइतबार) प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अनुसन्धान गर्न अदालतबाट म्याद लिइएको र अदालतले पनि कानुनबमोजिम नै म्याद दिएको बताएका छन् । उनले अदालत दिएको म्यादभित्र अनुसन्धान भएको छ भने अनुसन्धान कसरी गैरकानुनी भयो भन्दै प्रश्न समेत गरेका छन् ।
‘उहाँमाथि जुन छानबिन भइरहेको छ त्यो कुनै स्वेच्छाचारी ढंगले, गैरकानुनी ढंगले भइराखेको त छैन, अनुसन्धान कानुन बमोजिम भइरहेको छ,’ उनले भने, ‘अदालतबाट लिएको म्यादभित्रै अनुसन्धान गरिएको छ भने कसरी प्रतिशोधपूर्ण र गैरकानुनी भयो ?’ सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो । लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा रहेका छन् ।
सम्बन्धित खवर
-
लोकप्रिय मंसिर २२, २०८१तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास
-
लोकप्रिय मंसिर २०, २०८१तरहरा सेउती राजमार्ग : बनेकाे दुई महिनामै १७ ठाउ भ्वाङ , डिइ साह भन्छन्– त्रुटि भयो तत्काल सच्याउँछौँ
-
लोकप्रिय मंसिर २०, २०८१जता हेर्यो, त्यतै गाँजै गाँजा : तराईमा निमिट्यान्न , पहाडमा छ्यापछ्याप्ती : तस्करको अड्डा खोज्न गाउँ छिर्दै प्रहरी
-
लोकप्रिय मंसिर १९, २०८१सरकारी गाडी भीत्र ६ सय केजी गाँजा , नियन्त्रण लिन प्रहरीले चलायाे गाेली
-
ताजा पुष २, २०८१इलाममा ट्रकले च्यापिएर चालकको मृत्यु
-
ताजा पुष २, २०८१बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
-
ताजा पुष २, २०८१चितवनलाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा गरिने
-
ताजा पुष २, २०८१नेकपा एसको स्थायी कमिटी बैठक आज पनि, नेताहरुको जिम्मेवारी तोकिने
-
ताजा पुष २, २०८१रविलाई आज पुनः अदालतमा उपस्थित गराइँदै
Comments