![](https://suchanaportal.com/wp-content/uploads/2019/05/1140x100.jpg)
रवि लामिछानेकाे अनुसन्धान सकेर प्रहरीले बुझायाे प्रतिवेदन , तीन कसुरमा दोषी देखिएकाे दाबी, २५ कराेडकाे सम्पती अवैध
- पुष १, २०८१ मा प्रकाशित
![](https://suchanaportal.com/wp-content/uploads/2023/10/rabi-lamichhane-.jpg)
इटहरी डेस्क। कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ। प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरी सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो ।
लामिछानेमाथि अनुसन्धान गरी तयार पारिएको प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको कास्की प्रहरीका अनुसन्धान अधिकृत डीएसपी वसन्त शर्माले जानकारी दिए ।पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्व डीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङ प्रहरी हिरासतमा छन् । प्रहरीले लामिछानेलाई कात्तिक २ गते हिरासतमा लिएको थियो ।
उनीहरूमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ। सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि दुई महिनासम्म हिरासतमा राखेर अनुसन्धान गर्न मिल्ने कानूनी प्रावधान छ । जसअनुसार लामिछानेलाई प्रहरीले हिरासतमा लिएको आगामी शनिबार दुई महिना पूरा हुन्छ ।
जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले भर्खरै प्रहरीबाट अनुसन्धान प्रतिवेदन प्राप्त भएको र अध्ययनकै क्रममा रहेकाले मुद्दा अदालतमा पेश गर्नेबारे तयारीमात्रै भइरहेको बताइन् । लामिछानेसहितलाई अनुसन्धानका लागि पछिल्लो पटक थपिएको म्याद सोमबार सकिदैछ ।
मंगलबार प्रहरीले पुनः म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी छ । जिल्ला न्यायाधिवक्ता काफ्लेले मंगलबार पनि अदालतमा म्याद थपका लागि अपिल गरिने जानकारी दिइन्। ‘अनुसन्धान प्रतिवेदनको अध्ययन बाँकी छ । कुन–कुन कसुर आकर्षित हुन्छ भन्ने निर्क्योल गर्न समय लाग्ने भएकाले मंगलबार पनि म्याद नै मागिनेछ,’ उनले भनिन् ।
![](https://suchanaportal.com/wp-content/uploads/2019/05/1140x100.jpg)
सम्बन्धित खवर
-
लोकप्रिय मंसिर २२, २०८१तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास
-
लोकप्रिय मंसिर २०, २०८१तरहरा सेउती राजमार्ग : बनेकाे दुई महिनामै १७ ठाउ भ्वाङ , डिइ साह भन्छन्– त्रुटि भयो तत्काल सच्याउँछौँ
-
लोकप्रिय मंसिर २०, २०८१जता हेर्यो, त्यतै गाँजै गाँजा : तराईमा निमिट्यान्न , पहाडमा छ्यापछ्याप्ती : तस्करको अड्डा खोज्न गाउँ छिर्दै प्रहरी
-
लोकप्रिय मंसिर १९, २०८१सरकारी गाडी भीत्र ६ सय केजी गाँजा , नियन्त्रण लिन प्रहरीले चलायाे गाेली
-
ताजा पुष ३, २०८१Comment Télécharger 1win Apk Sans Difficulté En Côte Divoire Indian Business Associated With Tech, Mobile & Startups
-
ताजा पुष ३, २०८१Bonusy I Promocje Watts Vulkan Vegas Kasyno Online
-
ताजा पुष ३, २०८१1xbet 우회주소 2025 원엑스벳 코리아 공식 사이트
-
ताजा पुष ३, २०८१Türkiyenin #1 Canlı Casinoları Gerçek Krupiyeli Online Casinolar!”
-
ताजा पुष ३, २०८१Gama Casino%3A Бонус 50 000 200 Фри Спинов! ️
Comments