चितवनलाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा गरिने
- पुष २, २०८१ मा प्रकाशित
चितवन । चितवनलाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीको रूपमा घोषणा गर्न सौराहाका पर्यटन व्यवसायी लागि परेका छन् । यसका लागि रत्ननगर नगरपालिका र बागमती प्रदेश सरकारसँगको छलफल तथा समन्वय भइरहेको हो ।
यही पुस ११ गतेदेखि सुरू हुने १८औं हात्ती तथा पर्यटन महोत्सव २०८१ को अवसरमा राजधानी घोषणा गर्ने गरी तयारी अघि बढाइएको क्षेत्रीय होटल सङ्घ सौराहाले जनाएको छ । महोत्सवका संयोजक रामकुमार अर्यालका अनुसार महोत्सवको उद्घाटन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा घोषणा गर्ने कार्यक्रम रहेको छ । यसका लागि रत्ननगर नगरपालिकाको बोर्ड बैठकले निर्णय गरेर प्रदेश सरकारले राष्ट्रपति समक्ष प्रस्ताव लगेपछि घोषणाको प्रक्रिया सुरू हुनेछ । अहिले यो प्रक्रिया सुरू गरिएको र महोत्सवको अवसरमा घोषणा हुने अपेक्षा गरिएको छ ।
महोत्सवको बारेमा जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा संयोजक अर्यालले गत वर्षमा भएका हात्तीदौड तथा हात्तीका छावाको फुटवल प्रतियोगिता यस वर्ष हटाइएको जानकारी दिनुभयो । यस वर्ष हात्तीको शङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी प्रतियोगिता, हात्ती मैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण कार्यक्रम गरिने उनले बताए ।
यस्तै पालिकास्तरीय डुङ्गा दौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीसँग ‘विटुबी’ गोष्ठी, चितवनमा पर्यटनको सम्भावना हिजो र आज विषयक अन्तक्र्रिया जस्ता कार्यक्रमम गरिनेछ । यस महोत्सवमा ८० वटा हात्तीलाई सहभागी गराईने आयोजकले जनाएको छ ।
अहिले पर्यटक कम आउने समय भएकाले पर्यटकलाई आकर्षित गर्नका लागि महोत्सव गर्न लागिएको सङ्घका अध्यक्ष गङ्गा गिरीले जानकारी दिए । उनका अनुसार कार्यक्रमबाट अहिले भइरहेका पर्यटकभन्दा ३० प्रतिशत बढी पर्यटक आउने अनुमान गरिएको छ । अहिले सौराहाका होटलमा ३० प्रतिशत मात्र पर्यटक रहेका छन् । यसलाई बढाउन यो कार्यक्रम फलदायी हुने उनले बताए । हात्तीलाई पर्यटनसँग जोड्दा विदेशी पाहुनाको बसाइ लम्व्याउन सहज हुने उनको भनाइ छ ।
मृगकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले संस्कृति र पर्यटनलाई जोड्न यो महोत्सव सफल हुने बताए । हात्तीलाई जबरर्जस्ती विभिन्न खेलमा सहभागी गराइएको भन्दै पशु अधिकारवादीले विरोध गरेपछि सङ्घले कार्यक्रमलाई केही फेरबदल गरेको हो । कार्यक्रम निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएको चौरमा गर्ने विषयमा पनि केही संरक्षणकर्मीले आवाज उठाएका छन् ।
सम्बन्धित खवर
-
लोकप्रिय मंसिर २२, २०८१तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास
-
लोकप्रिय मंसिर २०, २०८१तरहरा सेउती राजमार्ग : बनेकाे दुई महिनामै १७ ठाउ भ्वाङ , डिइ साह भन्छन्– त्रुटि भयो तत्काल सच्याउँछौँ
-
लोकप्रिय मंसिर २०, २०८१जता हेर्यो, त्यतै गाँजै गाँजा : तराईमा निमिट्यान्न , पहाडमा छ्यापछ्याप्ती : तस्करको अड्डा खोज्न गाउँ छिर्दै प्रहरी
-
लोकप्रिय मंसिर १९, २०८१सरकारी गाडी भीत्र ६ सय केजी गाँजा , नियन्त्रण लिन प्रहरीले चलायाे गाेली
-
ताजा पुष ३, २०८१Comment Télécharger 1win Apk Sans Difficulté En Côte Divoire Indian Business Associated With Tech, Mobile & Startups
-
ताजा पुष ३, २०८१Bonusy I Promocje Watts Vulkan Vegas Kasyno Online
-
ताजा पुष ३, २०८१1xbet 우회주소 2025 원엑스벳 코리아 공식 사이트
-
ताजा पुष ३, २०८१Türkiyenin #1 Canlı Casinoları Gerçek Krupiyeli Online Casinolar!”
-
ताजा पुष ३, २०८१Gama Casino%3A Бонус 50 000 200 Фри Спинов! ️
Comments