पूर्व मेयरको निधनमा आज काठमाडौँ महानगरपालिकामा बिदा
- पुष १, २०८१ मा प्रकाशित
काठमाडौं । पूर्व मेयर पीएल सिंहको निधनमा काठमाडौँ महानगरपालिकाले आज (सोमबार) सार्वजनिक बिदा दिएको छ । लामो समय लौहपुरुष गणेशमान सिंहको सहयोगीकोरुपमा रहेर काम गरेका उनी ०४९ सालमा नेपाली कांग्रेसबाट काठमाडौँको मेयर निर्वाचित भएका थिए ।
महानगरपालिकाले सिंहले मेयरकारुपमा महानगरपालिकामा रहँदा र समाज सेवामा सक्रिय हुँदा उपुर्याएको योगदानको उच्च कदर गर्दै सोमबार सार्वजनिक बिदा दिएको हो । सोमबार अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक विदा रहने महानगरपालिकाले जनाएको छ । ८८ वर्षीय सिंहको गए राति चाक्सीबारीमा निधन भएको थियो ।
२०४९ सालमा नेपाली कांग्रेसबाट काठमाडौं नगरपालिकाको मेयर निर्वाचित भएका सिंहले २०५२ साल मंसिर २९ गते काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरेका थिए । सिंहको योगदानलाई सम्मान गर्दै आज अत्यावश्येक बाहेक काठमाडौं महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिइएको महानगरले जानकारी दिएको छ। गत वर्ष सिंहको पेटको शल्यक्रिया गरिएको थियो । उनी लामो समयदेखि अस्वस्थ थिए ।
सम्बन्धित खवर
-
लोकप्रिय मंसिर २२, २०८१तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास
-
लोकप्रिय मंसिर २०, २०८१तरहरा सेउती राजमार्ग : बनेकाे दुई महिनामै १७ ठाउ भ्वाङ , डिइ साह भन्छन्– त्रुटि भयो तत्काल सच्याउँछौँ
-
लोकप्रिय मंसिर २०, २०८१जता हेर्यो, त्यतै गाँजै गाँजा : तराईमा निमिट्यान्न , पहाडमा छ्यापछ्याप्ती : तस्करको अड्डा खोज्न गाउँ छिर्दै प्रहरी
-
लोकप्रिय मंसिर १९, २०८१सरकारी गाडी भीत्र ६ सय केजी गाँजा , नियन्त्रण लिन प्रहरीले चलायाे गाेली
-
ताजा पुष ३, २०८१Comment Télécharger 1win Apk Sans Difficulté En Côte Divoire Indian Business Associated With Tech, Mobile & Startups
-
ताजा पुष ३, २०८१Bonusy I Promocje Watts Vulkan Vegas Kasyno Online
-
ताजा पुष ३, २०८१1xbet 우회주소 2025 원엑스벳 코리아 공식 사이트
-
ताजा पुष ३, २०८१Türkiyenin #1 Canlı Casinoları Gerçek Krupiyeli Online Casinolar!”
-
ताजा पुष ३, २०८१Gama Casino%3A Бонус 50 000 200 Фри Спинов! ️
Comments