इटहरी । यतिखेर देशभर चुनावी माहोल छ। फागुन २१ गते हुने प्रतिनिधी चुनावका लागि नेताहरुलाई प्रचारप्रसारको चटारो छ। उनीहरु घर घर पुगेर मतदाताहरु रिझाइरहेका छन्।यता जनताहरु भने पटक पटक चुनाव जितेपनि वास्ता नगर्ने उम्मेदवारको व्यवहारले दिक्क छन्। यसैबीच, दयाहाङ राईले पनि चुनावकेन्द्रित व्यङ्ग्य गरेका छन्।
बुधबार एक स्टाट्स लेख्दै आफूसँग पनि भोट रहेको बताउँदै यो भोट माग्ने तपाईंहरुसँग आधार के भन्दै प्रश्न गरेका हुन्।‘देशमा चुनाव आइरहेको छ। म सँग एक भोट छ। यो भोट माग्ने तपाईंसँग आधार के छ?,’उनले लेखेका छन्।उनको यस स्टाट्सप्रति धेरैले सहमति जनाएका छन्। अभिनेता राईले गरेको प्रश्न एकदम जायज भएको उनीहरुको भनाइ छ।




























Discussion about this post