[t4b-ticker]
Thursday, January 15, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    कांग्रेसका नवनिर्वाचित पदाधिकारीहरू पुगे निर्वाचन आयोग

    कांग्रेसका नवनिर्वाचित पदाधिकारीहरू पुगे निर्वाचन आयोग

    ट्रक दुर्घटनामा ५ मजदुरको मृत्युपछि स्थानीयद्वारा बिराटनगर र बर्जुमा सडक अवरुद्ध

    ट्रक दुर्घटनामा ५ मजदुरको मृत्युपछि स्थानीयद्वारा बिराटनगर र बर्जुमा सडक अवरुद्ध

    आज मकर सङ्क्रान्ति : माघी एक, मनाउने तरिका अनेक

    आज मकर सङ्क्रान्ति : माघी एक, मनाउने तरिका अनेक

    माघे सङ्क्रान्ति : कालिमाटीमा २२ लाख किलो कन्दमूल भित्रियो, स्वदेशी उत्पादनकै वर्चस्व

    माघे सङ्क्रान्ति : कालिमाटीमा २२ लाख किलो कन्दमूल भित्रियो, स्वदेशी उत्पादनकै वर्चस्व

    सिन्धुलीमा एसबीआई बैंकबाट लुटिएको १ करोड ८० लाख बरामद

    बेहुली लिन जाने बहानामा जीप बुक, सिन्धुली पुगेर बैंक लुटपाट

    एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…

    राजावादी प्रदर्शनका लागि ५० लाख एसएमएस पठाउने सेढाईं पक्राउ

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

४२ वर्षमै अस्ताएका प्रशान्त तामाङको आज दार्जिलिङमा अन्त्येष्टि गरिँदै

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
पुस २८, २०८२ मा प्रकाशित
✅ मनाेरञ्जन
४२ वर्षमै अस्ताएका प्रशान्त तामाङको आज दार्जिलिङमा अन्त्येष्टि गरिँदै
18
SHARES
Share on FacebookShare on Twitter

इटहरी । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए। भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रियता विश्वभर फैलियो। उनै तामाङको आइतबार ४२ वर्षको उमेरमा हृदयघातका कारण निधन भयो।

आइतबार बिहानै तामाङको निधनको खबरले दार्जिलिङवासीलगायत संसारभरका नेपालीभाषी समुदाय स्तब्ध भए। नेपालीभाषीले भारतीय टेलिभिजन कार्यक्रममा सहभागिता जनाउन सक्छ र विजेता पनि बन्न सक्छ भन्ने उदाहरण बनेका थिए गायक तामाङ। उनी विजेता भएपछि भारतीय टेलिभिजन कार्यक्रममा नेपालीभाषीले सहभागिता जनाउने क्रम हालसम्म जारी छ।

याे पनिपढ्नुहाेस्

प्रशान्त तामाङको ‘कार्डियाक अरेस्ट’बाट निधन, के हो यो समस्या ?

ऋतिकलाई डाक्टरले भनेका थिए- ‘अभिनयलाई पेसा बनायौ भने जीवनभर अपांगता हुन सक्छ’

गायक तामाङ इन्डियन आइडलको उत्कृष्ट १० मा परेपछि नेपालीले ‘प्रशान्त तामाङ जिताउ अभियान’ नै चलाएका थिए। सोही क्रममा गीतकार तथा चलचित्र निर्माता राजेश घतानी उनीसँग जोडिएका थिए। नेपालीभाषीले त्यो समयमा पाएको ठूलो सफलता रहेकाले पनि दार्जिलिङ पुगेर जिताउने अभियानमा आफूसहित केही साथीहरू जोडिएको निर्माता घतानी बताउँछन्।

उनले ती दिन स्मरण गर्दै भने, ‘अन्तिम १० मा परेपछि मैले केही साथीलाई आग्रह गरेर दार्जिलिङ गएर कार्यक्रम गर्‍यौं। हाम्रो उद्देश्य प्रशान्तलाई विजेता बनाउनु थियो। हामीले त्यहाँ कार्यक्रम गर्ने र कार्यक्रमबाट संकलित रकम उनलाई जिताउन खर्च गर्न थाल्यौं।’

उक्त समयमा नेपालबाट निर्माता घतानीसँगै ‘हेयर डिजाइनर’ निल डेभिड कटवाल, गायक बाबु बोगटी, पत्रकार विदुर खतिवडालगायत पुगेका थिए। निर्माता घतानीका अनुसार त्यहाँ हुने छुट्टाछुट्टै कार्यक्रममा गायिका प्रविशा अधिकारी, कलाकार विल्सन विक्रम राईलगायत पनि सहभागी थिए।

तामाङ आइडलका विजेता भइसकेपछि नेपाली चलचित्र ‘हिम्मत–२’ मार्फत जोडिएका थिए। दीपक श्रेष्ठले उक्त चलचित्रको सम्पूर्ण गीत गायक तामाङको स्वरमा रेकर्ड गराएका थिए। ‘विश्वभरका नेपालीले रुचाएको र माया गरेको आवाजले नेपाली चलचित्रमा स्थान पाउनु पर्छ भनेर मैले पहिलो पटक पाश्र्व गायनमा ल्याएँ।

उनको सरलता देखेर म छक्क परेको थिएँ। विश्वभरका नेपालीका प्रिय पात्रले नेपाल र नेपाली गीतसंगीतलाई गर्ने माया अद्भुत थियो। उनमा इन्डियन आइडल विजेता भएको घमण्ड फिटिक्कै थिएन’, निर्देशक श्रेष्ठले उनको स्मरण गर्दै भने।

पछि तामाङ अभिनेताको रुपमा चलचित्र ‘गोर्खा पल्टन’ मा देखिए। उक्त चलचित्रमा लाहुरेको भूमिका निर्वाह गरेका गायक तामाङले गाएको गीत ‘जाउँला रेलैमा सरर, गोर्खा पल्टन’ निकै लोकप्रिय भयो। त्यसपछि उनले ‘अँगालो यो मायाको’, ‘किन मायामा’, ‘धड्कन भित्र’, ‘निशानी’, ‘परदेशी’, ‘परदेशी–२’ जस्ता चलचित्रमा काम गरे। गत ५ मङ्सिरमा प्रदर्शन भएको ‘पहिचानको लडाइँ’ उनले अभिनय गरेको अन्तिम नेपाली चलचित्र बन्न पुग्यो।

अभिनय सुरुआत गरेदेखि उनले आफूलाई गायक भन्दा पनि अभिनेताको रुपमा अगाडि बढाए। ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोको श्रृङ्खला ‘पाताल लोक’ मा देखिएपछि अभिनेताको रुपमा तामाङको चर्चा भारतमा पनि भयो।

त्यसपछि उनले भारतीय अभिनेता सलमान खानको चलचित्र ‘ब्याटल अफ गलवान’ मा अभिनय गरे। भारत र चीनबीच भूराजनीतिक तनाव निम्त्याउने ‘गलवान झडप’ को कथावस्तुमा बनेको उक्त चलचित्र आगामी वैशाख ४ मा प्रदर्शन हुँदैछ। उक्त चलचित्रको छायांकन सकेर अभिनेता तामाङ स्वराङ्कन गर्ने तयारीमा थिए।

सोही क्रममा दिल्लीमा रहँदा उनको निधन भयो। कोभिड १९ का कारण आमा गुमाएपछि उनले परिवारलाई धेरै समय दिन थालेका थिए। निर्माता घतानीका अनुसार उनी श्रीमती काम विशेषले बाहिर जाँदा वा घरमा नहुँदा तीन वर्षकी छोरीको हेरचाह गरेर समय बिताउने गर्थे। श्रीमती एयरहोस्टेस भएको कारण घरमै बसेर छोरीको रेखदेख गर्ने जिम्मा उनकै हुन्थ्यो।

‘आमा गुमाएपछि छोरीलाई उनले छाडेको मलाई याद छैन। कार्यक्रमकै प्रस्ताव आउँदा पनि श्रीमती काममा छिन् र बिदा मिलेको छैन भने अस्वीकार गर्ने गर्थे। छोरीमा उनले आमाको प्रतिविम्व देख्ने गरेको बताउँथे’, निर्माता घतानीले भने।

कोभिड १९ का कारण आमाको निधन हुँदा गायक तामाङ स्वयं कोभिडको बिरामी थिए। आफ्नो आमाको अन्त्येष्टीमा सहभागी हुन नपाएको पीडा उनको मनमा सधैं रहिरह्यो। त्यही भएर छोरीलाई सक्दो खुसी बनाउने र परिवारलाई समय दिने उनको स्वभाव थियो। उनले सन् २०११ मा एयरहोस्टेस गीता थापासँग विवाह गरेका थिए। सन् २०२२ मा उनको छोरी जन्मिएको थियो।

उनको पार्थिव शरीरलाई जन्मथलो दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिने भएको छ। दार्जिलिङको जीटिए सरकारले आज नयाँ दिल्लीदेखि गायक तामाङको शवलाई दार्जिलिङ लैजाने जनाएको छ। दिल्लीको हरिनगरस्थित दिनदयाल अस्पतालमा हाल शवपरीक्षण भइरहेको जनाइएको छ। गायक तामाङको बुबाआमाको निधन भइसकेकाले उनकी पत्नी र ससुराली पक्षका आफन्त दिल्ली पुगेका छन्।

नेपाली भाषाको गीत संगीत र अभिनयको माध्यमबाट संसारभरका नेपालीलाई जोड्न सफल भएका तामाङलाई हरेक नेपालीले सधैं सम्झिरहने छन्।

सम्बन्धित-समाचार

प्रशान्त तामाङको ‘कार्डियाक अरेस्ट’बाट निधन, के हो यो समस्या ?
मनाेरञ्जन

प्रशान्त तामाङको ‘कार्डियाक अरेस्ट’बाट निधन, के हो यो समस्या ?

✍ सूचना पाेर्टल
पुस २७, २०८२ मा प्रकाशित
0

इटहरी । सांगीतिक जगतमा एक समय अत्यन्तै लोकप्रिय नाम थियो — प्रशान्त तामाङ । दार्जीलिङ निवासी नेपाली मुलका तामाङ इन्डियन...

ऋतिकलाई डाक्टरले भनेका थिए- ‘अभिनयलाई पेसा बनायौ भने जीवनभर अपांगता हुन सक्छ’
मनाेरञ्जन

ऋतिकलाई डाक्टरले भनेका थिए- ‘अभिनयलाई पेसा बनायौ भने जीवनभर अपांगता हुन सक्छ’

✍ सूचना पाेर्टल
पुस २६, २०८२ मा प्रकाशित
0

एजेन्सी ।  बलिउडमा हामीलाई आफ्ना कमजोरी शक्तिमा परिणत गर्न र सफलताको शिखरमा पुग्न प्रेरित गर्ने कुनै अभिनेता छ भने त्यो...

फिल्मबाट सन्यास लिएर पूर्ण राजनीतिमा लागेको थलापति विजयको घोषणा

फिल्मबाट सन्यास लिएर पूर्ण राजनीतिमा लागेको थलापति विजयको घोषणा

पुस १४, २०८२ मा प्रकाशित
बढ्दै कलाकारको नाममा अनलाइन ठगी, सचेत रहन साइबर ब्यूरोदेखि बोर्डको आग्रह

बढ्दै कलाकारको नाममा अनलाइन ठगी, सचेत रहन साइबर ब्यूरोदेखि बोर्डको आग्रह

पुस १३, २०८२ मा प्रकाशित
‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

पुस ६, २०८२ मा प्रकाशित
‘द ग्रेट कपिल शर्मा शो’ को चौंथौ सिजनको टिजर सार्वजनिक, कहिलेबाट हुँदै छ रिलिज?

‘द ग्रेट कपिल शर्मा शो’ को चौंथौ सिजनको टिजर सार्वजनिक, कहिलेबाट हुँदै छ रिलिज?

मंसिर १९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

संसद् पुनर्स्थापना टरेपछि फेरियो ओलीको बोली : एमालेले निर्वाचनबाटै राष्ट्रिय फैसला दिन्छ
राजनीति

कांग्रेसमा अहिले जे भएको छ, हाम्रो पार्टीमा त्यही गर्न खोजेका थिए : ओली

✍ सूचना पाेर्टल
माघ १, २०८२ मा प्रकाशित
0

इटहरी । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपाली कांग्रेसभित्र भएको घटना आफ्नो पार्टीमा पनि घटाउन प्रयास भएको बताएका...

अरु पढ्नुहाेस्...
कांग्रेसका नवनिर्वाचित पदाधिकारीहरू पुगे निर्वाचन आयोग

कांग्रेसका नवनिर्वाचित पदाधिकारीहरू पुगे निर्वाचन आयोग

माघ १, २०८२ मा प्रकाशित
ट्रक दुर्घटनामा ५ मजदुरको मृत्युपछि स्थानीयद्वारा बिराटनगर र बर्जुमा सडक अवरुद्ध

ट्रक दुर्घटनामा ५ मजदुरको मृत्युपछि स्थानीयद्वारा बिराटनगर र बर्जुमा सडक अवरुद्ध

माघ १, २०८२ मा प्रकाशित
इटहरीकाे पाथीभरा इन्टरनेश्नल हाेटलमा सामुदायिक नर्सिङ तथा घरदैलो कार्यक्रम विस्तारका लागि प्रदेशस्तरीय पैरवी कार्यक्रम

इटहरीकाे पाथीभरा इन्टरनेश्नल हाेटलमा सामुदायिक नर्सिङ तथा घरदैलो कार्यक्रम विस्तारका लागि प्रदेशस्तरीय पैरवी कार्यक्रम

माघ १, २०८२ मा प्रकाशित
आज मकर सङ्क्रान्ति : माघी एक, मनाउने तरिका अनेक

आज मकर सङ्क्रान्ति : माघी एक, मनाउने तरिका अनेक

माघ १, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    26 shares
    Share 10 Tweet 7
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    28 shares
    Share 11 Tweet 7
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    27 shares
    Share 11 Tweet 7
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    31 shares
    Share 12 Tweet 8
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    28 shares
    Share 11 Tweet 7
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    35 shares
    Share 14 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष