इटहरी । सांगीतिक जगतमा एक समय अत्यन्तै लोकप्रिय नाम थियो — प्रशान्त तामाङ । दार्जीलिङ निवासी नेपाली मुलका तामाङ इन्डियन आइडल सिजन ३ का विजेता हुन् । सन् २००७ मा आफ्नो स्वर र व्यक्तित्वले नेपाली र भारतीय दर्शक–श्रोताको मन जिते ।
पछिल्ला वर्षमा उनी गायनभन्दा फिल्ममा बढी व्यस्त देखिन्थे । र, हालै बलिउडमा डेब्यू गरेका थिए । गायन र अभिनयसँगै उनको सरल जीवनशैलीले उनी धेरै युवाका लागि प्रेरणा बनेका थिए । तर त्यही प्रेरणादायी पात्र ४२ वर्षकै उमेरमा अचानक यो संसारबाट बिदा भए । कारण थियो, ‘कार्डियाक अरेस्ट’।
पछिल्लो केही वर्षमा नेपालमा मात्रै नभई विश्वभर नै ‘हिँड्दै गर्दा ढलेर मृत्यु भयो’, ‘सुतिरहेकै अवस्थामा बिते’, ‘जिम गइरहेका युवा अचानक बेहोस भए र बच्न सकेनन्’ जस्ता समाचार तीव्र गतिमा बढिरहेका छन् । पछिल्लो केही वर्षमा नेपालमा मात्रै नभई विश्वभर नै ‘हिँड्दै गर्दा ढलेर मृत्यु भयो’, ‘सुतिरहेकै अवस्थामा बिते’, ‘व्यायम गरिरहेका युवा अचानक बेहोस भए, बच्न सकेनन्’, बोल्दाबोल्दै ढले’ जस्ता खबर धेरै आउने गर्छन् ।
यसरी अचानक हुने मृत्युलाई प्रायः हृदयघात भनेर बुझिन्छ, तर चिकित्सा विज्ञानले देखाएको यथार्थ फरक छ । धेरैजसो यस्ता घटनाको वास्तविक कारण ‘कार्डियाक अरेस्ट’का अर्थात् अचानक मुटु बन्द हुनु रहेको चिकित्सकहरू बताउँछन् ।
कार्डियाक अरेस्ट के हो ?
कार्डियाक अरेस्ट भनेको मुटुले अचानक काम गर्न छोड्नु हो । सिनियर कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. रञ्जितकुमार शर्माका अनुसार कार्डियाक शब्दले मुटुलाई जनाउँछ र अरेस्ट भनेको रोक्नु वा बन्द हुनु हो । जब मुटुको विद्युतीय प्रणाली बिग्रन्छ, मुटुको चाल अनियमित हुन्छ र मुटुले रगत पम्प गर्न सक्दैन, त्यही अवस्थालाई कार्डियाक अरेस्ट भनिन्छ। डा. शर्मा हाल मेडीसिटी अस्पतालको कार्डियोलोजी विभाग प्रमुख हुन् ।
यसले कसरी मृत्युको मुखमा पुर्याउन सक्छ त ? यसको जवाफमा डा. शर्मा भन्छन्, ‘मुटु हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण पम्प हो । यसले निरन्तर रगतलाई अक्सिजनसहित शरीरका सबै अंगसम्म पुर्याइरहेको हुन्छ । जब कार्डियाक अरेस्ट हुन्छ, मुटुले अचानक यो काम गर्न छोड्छ । त्यसको असर केही सेकेन्डमै मस्तिष्कमा देखिन थाल्छ । व्यक्ति अचानक बेहोस हुन्छ, श्वास रोकिन्छ र शरीरमा अक्सिजनको आपूर्ति बन्द हुन्छ । ३ देखि ५ मिनेटभित्र यदि मुटु फेरि सञ्चालनमा आएन मस्तिष्क स्थायी रूपमा क्षतिग्रस्त हुन्छ र मृत्यु हुन्छ ।’
कार्डियाक अरेस्टका किन हुन्छ ?
डा. शर्माका अनुसार धेरैजसो केसमा पहिले हृदयघात हुन्छ । हृदयघातले मुटुको मांसपेशीलाई क्षति पुर्याउँछ, जसका कारण मुटुको विद्युतीय प्रणाली बिग्रन्छ र त्यसबाट कार्डियाक एरेस्ट हुन्छ । हृदयघात हुँदा मुटुलाई रगत पुर्याउने धमनी (कोरोनरी आर्टरी) मा अचानक ब्लकेज (क्लट) बन्छ वा धमनी पूर्णरूपमा बन्द हुन्छ । यसले मुटुको मांसपेशीलाई पर्याप्त रगत र अक्सिजन नपुग्दा मुटुको विद्युतीय प्रणाली (रिदम) बिग्रिन्छ ।
रिदम बिग्रिएपछि मुटुको सामान्य चाल बिग्रिएर भेन्ट्रिकुलर फाइब्रिलेशन वा भेन्ट्रिकुलर ट्याकिकार्डिया जस्ता खतरनाक अवस्थामा पुग्छ । यस अवस्थामा मुटुले प्रभावकारी रूपमा रगत पम्प गर्न सक्दैन, मुटु ‘कम्पन’ मात्र गर्छ, पम्पिङ गर्दैन । यसरी कार्डियाक अरेस्ट हुने डा. शर्मा बताउँछन् । यसैले, हृदयघातको उपचार नगरी छोडियो भने त्यो कार्डियाक अरेस्टमा परिणत हुन सक्ने, मृत्युको कारण बन्न सक्ने उनको भनाइ छ ।
मुटुको चाल बिग्रनु कार्डियाक अरेस्ट निम्त्याउने अर्को कारण रहेको उनी बताउँछन् । ‘हृदयघात, इलेक्ट्रोलाइट असन्तुलन, तनाव, औषधि, वा जन्मजात कारणले मुटुको चाल अत्यन्तै छिटो वा अव्यवस्थित हुन सक्छ’ डा. शर्मा भन्छन्, ‘जब मुटुको तल्लो भाग अत्यन्तै छिटो वा अनियमित रूपमा काँप्न थाल्छ, मुटुले रगत पम्प गर्न सक्दैन । यो केही सेकेन्डमै मानिसलाई ढाल्न सक्छ ।’




























Discussion about this post