एजेन्सी । चर्चित भारतीय अभिनेता थलापति विजयले फिल्म क्षेत्रबाट सन्यास लिने भएका छन्। ३३ वर्षको करिअरपछि उनले फिल्म उद्योगबाट बिदाई गर्ने निर्णयमा पुगेको जनाएका छन्।
शनिबार मलेसियामा आफ्नो अन्तिम फिल्म ‘जाना नायकन’ को अडिओ लन्चको क्रममा यसबारे घोषणा गरेका हुन्। घोषणा ताका विजय भावुक बनेका थिए। उनले भने, ‘यो मेरो अन्तिम फिल्म हो भनेर स्वीकार गर्न अलि गाह्रो छ। यो अनुभव सुखद् मात्र होइन, अलिकति पीडादायी पनि छ। अब म के गर्छु भन्ने प्रश्नले मन छोइरहेको छ।’५१ वर्षीय विजयको ‘जाना नायकन’ अन्तिम फिल्म हुनेछ। यस फिल्ममा थलापति विजयसँगै पूजा हेगडे, बबी देओल, प्रकाश राज, प्रियामणि, नारायण, ममिता बैजुलगायतको अभिनय छ।
मञ्चबाट उनले अब पूर्ण रूपमा राजनीतिमा ध्यान केन्द्रित गर्ने घोषणा गरे। उनले गत वर्ष आफ्नो राजनीतिक दल तमिलगा वेट्री कजगम गठन गरिसकेका छन्। अब सोही दलबाट सन् २०२६ मा हुने तमिलनाडु विधानसभा चुनाव पनि लड्ने उनको भनाइ छ।१० वर्षको उमेरमा तमिल फिल्म ‘वेत्री’ मा बालकलाकारको रूपमा देखिएका थलापतिले १८ वर्षको उमेरमा फिल्म ‘नालैया थीरपु’ बाट अभिनयलाई निरन्तरता दिएका थिए।




























Discussion about this post