इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले ‘इटहरी सेरोफेरो’ पाठ्यपुस्तक औपचारिक रुपमा लागु गरेको छ । थुप्रै स्थानीय तहमा स्थानीय पाठ्यक्रम तयार पारिएपनि इटहरीमा लागु भएको थिएन ।
अब कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि ‘इटहरी सेरोफेरो’ पाठ्यपुस्तक तयार भएर कक्षाकोठासम्म पुर्याइएको छ । यो पाठ्यपुस्तक इटहरीका बालबालिकालाई आफ्नै माटो, समाज, संस्कृति र इतिहाससँग जोड्ने आधार बन्ने मेयर हेमकर्ण पौडेलले बताए । दुई महिनाभित्र कक्षा ६ देखि ८ सम्मको पाठ्यपुस्तक पनि तयार भएर आउने उनले जानकारी दिए ।




























Discussion about this post