इटहरी । नेपाल शिक्षक महासंघले शिक्षामन्त्री महावीर पुनसँग विगतमा भएको सहमति कार्यान्वयन गर्न माग गरेको छ ।मंगलबार शिक्षामन्त्री महावीर पुनलाई भेटेर महासंघको टोलीले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको ९ बुँदे सहमतिबारे ध्यानाकर्षण गराएको हो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले नौ बुँदे सहमतिबारे शिक्षामन्त्री पुनको ध्यानाकर्षणसहित कार्यान्वयनका लागि आग्रह गरिएको बताए ।‘हामीले शिक्षक सरुवा निर्देशिकाको खारेजी, गएको वैशाख १७ गते मन्त्रिपरिषद् बैठकले गरेका नौबुँदे निर्णयको कार्यान्वयन, स्थानीय भत्ताको उपलब्धता, शिक्षकहरूको रोकिएको तलब तुरुन्तै निकासा गर्नुपर्ने लगायका माग गरेका छौँ’ उनले भने ।
सुवेदीले देशका केही पालिकाहरूले परिषद् गर्न नसक्दा शिक्षकहरूको तलब भक्ता रोकिएको विषयमा पनि मन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिए।गत चैत–वैशाखमा देशभरका शिक्षकले काठमाडौँमा लामो सयमसम्म आन्दोलन गरेपछि तत्कालीन शिक्षामन्त्री रघुजी पन्तसँग ९ बुँदे सहमति भएको थियो। जसमा असार महिनाभित्रै शिक्षा ऐन जारी गर्ने लगायतका बुँदाहरू समावेश थिए।

























Discussion about this post