इटहरी डेस्क । राजसंस्था फर्काउन गठित संयुक्त जनआन्दोलन समितिले आन्दोलनका कार्यक्रमलाई जिल्लाकेन्द्रित गर्ने भएको छ ।संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४५ दल, समूह र अभियानको बुधबार बसेको संयुक्त बैठकले पहिलो चरणको आन्दोलनबाट प्राप्त अनुभवलाई दृष्टिगत गर्दै आन्दोलनको भावी स्वरुप परिमार्जन गरेको हो ।
बैठकपछि संयोजक नवराज सुवेदीले विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४५ दल, समूह र अभियानको बैठक आज सम्पन्न भयो । उक्त बैठकमा गत एक हप्तादेखि सञ्चालन हुँदै आएको जनआन्दोलनको समीक्षा गरिनुको साथै भावी कार्य योजनाका बारेमा समेत छलफल भयो ।
आगामी आन्दोलनका कार्यक्रममा समेत विभिन्न वर्ग, पेशा लगायत निजामति, सेना र प्रहरी सेवामा रहेर राष्ट्रको हितमा कार्य गरेका पूर्वराष्ट्रसेवकहरु तथा आम जनताको व्यापक सहभागिताको निम्ति बैठकले अपिल गरेको छ ।’संयोजक सुवेदीले बैठकको भावनालाई दृष्टिगत गर्दै संयुक्त जनआन्दोलन समितिले विभिन्न ६ बुँदे कार्य निर्धारण गरेको जनाएका छन् ।
Discussion about this post