इटहरी । बुधबार तोलामा ५ हजार रुपैयाँ बढेको सुनको भाउ बिहीबार (आज) थप १ हजार ७ सय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (जेठ ८ गते बिहीबार) सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँमा उक्लिएको हो। यसअघि बुधबार (जेठ ७ गते) सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ थियो भने मंगलबार (जेठ ६ गते) ५ हजार रुपैयाँ कम १ लाख ८४ हजार ८ सय थियो।
सोमबार पनि सुन मंगलबारकै भाउमा किनबेच भएको थियो। आइतबार भने सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँ थियो।त्यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो।गत वैशाख ९ गते सुनको मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो। जुन हालसम्मकै उच्च मूल्य हो।
यस्तै चाँदीको मूल्य पनि लगातार दोस्रो दिन बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला २ हजार २५ रुपैयाँमा किनबेच भइरहेको छ। यसअघि हिजो बुधबार चाँदीको भाउ प्रतितोला १ हजार ९ सय ९० रुपैयाँ थियो भने अघिल्लो दिन मंगलबार ५० रुपैयाँ कम १ हजार ९ सय ४० रुपैयाँ थियो।
Discussion about this post