इटहरी । कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकपछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टी विधान र अनुशासन उल्लङ्घन गरेको भन्दै ३ नेतालाई कारबाही गरिएको जानकारी दिएका छन्।
विश्वकर्माका अनुसार, मुलुक विषम परिस्थितिमा र महाधिवेशनको संघारमा महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरले विधान विपरीत गतिविधि गरेको ठहर बैठकले गरेको हो।
कारबाहीका मुख्य आधार यस प्रकार छन्
१. समानान्तर अभ्यास : केन्द्रीय कार्यसमितिको सहमति बिना काठमाडौँमा विशेष कार्यक्रम र भेला आयोजना गरी विधानको गलत व्याख्या गरेको।
२. अनधिकृत महाधिवेशन घोषणा : मिति २०८२/०९/२९ मा ‘विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२’ नाममा अनधिकृत रूपमा पारित गरेको र संयुक्त प्रतिवेदन पेस गरेको।
३. समानान्तर निर्वाचन तालिका : निर्वाचन समिति गठन गरी तालिका प्रकाशन र उम्मेदवारी घोषणा/दरखास्त दिएको।
४. पार्टीलाई हानि नोक्सानी : पार्टीको आदर्श, सिद्धान्त र नीतिविपरित कार्य गरी प्रत्यक्ष/अप्रत्यक्ष हानि पुर्याएको।
बैठकले पार्टी विधानको धारा ३४ (१) को खण्ड (क), (ख), (ग) र (घ) तथा धारा २२ उपधारा २० र धारा ३४ उपधारा ८ बमोजिम उनीहरूलाई निष्कासन गरेको जनाएको छ ।



























Discussion about this post